![]()
काठमाडौं । नेकपा एमालेको आइतबार केन्द्रीय पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको छ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
नेकपा एमालेले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको जाइएको छ । विष्टले आप्mनो फेसबुक पेजमा सो कुराको जानकारी दिएका छन् ।
विज्ञप्तिमा ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला रहने बताइएको छ । जसमा प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना, मधेश प्रदेशमा २३ जना महिला नघट्ने गरि ४३ जना, बागमती महिला २४ जना नघट्ने गरि ४४ जना, गण्डकीमा १३ महिला नघट्ने गरि २४ जना, लुम्बिनीमा २० महिला नघट्ने गरि ३५ जना कर्णालीमा ८ महिला नघट्ने गरि १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरि २१ जनाको नाम तयार गरिएको जनाइएको छ।
सचिव विष्टले सोमबार एमालेले बन्दी सूची आयोगमा बुझाउने बताएका छन्। प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आयोगले आज र भोलिका लागि समय निर्धारण गरेको थियो ।

