Loading

काठमाडौँ। विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् ।
मिश्रले राष्ट्रिय प्रजातन्त्र पाटीको उपाध्यक्ष जिम्मेवारी पाउने भएका छन् । राप्रपा र मिश्र निकट स्रोतले उपाध्यक्षमा सहमति भइसकेको जनाएको छ । राप्रपा महामन्त्री भुवन पाठकले मिश्र प्रवेशको घोषणा एक दुई दिनमै हुने बताए ।
२०७४ सालको चुनावमा मिश्र काठमाडौँ १ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । त्यति बेला उनी नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए ।
मिश्रले स्थानीय निर्वाचनमा विवेकशील साझाले राम्रो नतिजा ल्याउन नसकेको भन्दै अध्यक्ष पदबाट राजिनामा दिएका थिए । उनले पार्टीमा राजतन्त्रको वकालत गर्दै संवैधानिक राजतन्त्र रहने विषयको राजनीतिक प्रतिवेदन ल्याएपछि पार्टीमा पविवाद शुरु भएको थियो ।