Loading

काठमाडौं । कतिपय मानिस पसिना गन्हाउनाले दिक्क मान्छन् । तर पसिना र गन्हाएको पसिना व्यक्तिको स्वाथ्य विशेषगरी छालाको स्वास्थ्यका लागि समेत चिकित्सकीय दृष्टिले राम्रो मानिन्छ ।

पसिनाले छालाका कतिपय रोगबाट सुरक्षित राख्छ । मानिसको छालाम २सय भन्दा बढी किसिमका ब्याक्टेरिया विद्यमान हुन्छन् ।

पसिना निस्कने बेला यी ब्याक्टेरिया सक्रिय भइ जान्छन् । पसिना आफैमा गन्धहीन हुन्छ । काखी र तिघ्राको कापबाट निस्कने पसिनामा तेल, बोसो र प्रोटिन हुन्छन् । अनि केही विशेष किसिमका ब्याक्टेरिया यहाँ अलि बढी सक्रिय हुन्छन् । त्यसले यहाँका पसिनामा गन्ध बढी हुन्छ । तर एग्जिमा जस्ता छाला रोगबाट सुरक्षित राख्छ ।

योर्क युनिभर्सिटीका जीव वैज्ञानिक गेभिन थमसका अनुसार पसिनामा गन्ध छालामा भएका ब्याक्टेरियाका कारण हुन्छ ।भोका ब्याक्टेरियाले पसिनाका अणुकणलाई खाने गर्छन् । यसले अर्को अणुकण बनाउँछ ।अर्को अणुकण बनेपछि गन्ध आउन थाल्छ ।

पसिनालाई एक एन्टिबायोटिक जुस भन्न सकिन्छ ।चर्मरोग विशेषज्ञ रिचर्ड ग्यालो यसलाई यो एन्टिबायोटिक जुसले शरीरमा पर्खाल निर्माण गर्छ । एन्टिब्याक्टेरियल साबुनले नुहाएपनि यिनीहरू फेरि छालामा उत्पन्न भइहाल्छन् । नुहाएको १०मिनेट मै यो फेरि उत्पन्न भएर छाला स्वस्थ्य राख्ने काम सुरु गर्छन् ।