Loading

काठमाडौं / नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन्। 

पार्टीको सातौँ स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो। शाहीले आजबाट कुनै दलसँग आबद्ध नरहेको घोषणा गरेका छन्। 

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘२०५४ सालमा वामदेव फुटबाट पनि शक्ति प्राप्त हुन्छ” भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उहाँको पछि लागे। गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो त्यसको पछाडि लाग्नेमा म पनि थिएँ।’

 ‘पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरूको नै फाइदा पुर्‍यायो’ शाहीले भने, ‘त्यसबापतको पछुतो र आत्मग्लानी भएको छ।’

पार्टी विभाजनले काङ्ग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई मात्रै फाइदा पुर्‍याएको शाहीको विश्लेषण छ।