![]()
टीकापुर/ मार्क्सवादी ज्ञान केन्द्रको विशेष साधारण सभा यही भदौ १७ गते काठमाण्डौमा आयोजना गरिने भएको छ ।
उक्त प्रस्ताव बुधबार साँझ भर्चुअल माध्यमद्वारा भएको ककेन्द्रीइ कार्यसमितिको बैठकमा पेश गरिएको छ ।
बैठकमा उक्त साधारण सभा सम्पन्न गर्नका लागि अध्यक्ष मनहरि तिमिल्सेनाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
यसैगरी निर्वाचन समिति, आर्थिक समिति, कार्यक्रम ब्यवस्थापन समिति, अतिथि ब्यवस्थापन समिति, प्रतिनिधि ब्यवस्थापन समिति, कार्यालय ब्यवस्थापन समिति, हल ब्यवस्थापन समिति, मिडिया समन्वय समिति, प्राविधिक समिति गरी ९ वटा अन्य समितिहरु गठनको प्रस्ताव गरिएको छ । बैठक विहीबार फेर बस्ने भएको छ । उक्त बैठकले ती सििमतिहरु स्वीकृत गरी आगामी साधारण सभालाई सम्पन्न गर्ने निणर्य गनेृ बताइएको छ ।
बुधबारको बैठकमा अध्यक्ष मनहरि तिल्सिेना, वरिष्ठ उपाध्यक्ष विश्वम्भर कट्टेल, उपाध्यक्ष नमिता न्यौपाने, महासचिव इन्द्रराज भट्टराई, सचिवहरु हुमनाथ न्यौपाने, इन्दिरा न्यौपाने, विमला केसी, सदस्यहरु दुष्यन्त भट्टराई, दुर्गाप्रसाद भण्डारी, जानुका पराजुली, रेशम अधिकारी, भीम सुवेदी, मिंगमा शेर्पा, लगायतले आआप्mनो धारणा राख्नुभएको थियो । बैठक शुक्रबार फेरि बस्नेछ ।
