![]()
सुखड : कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित भएका छन्।
छविलाल तिवारीलाई हराउँदै सापकोटा अध्यक्ष बनेका हुन्। घोडाघोडी अध्यक्षसमेत रहेका सापकोटाले तिवारीलाई ६६ मतले पछि पारेका थिए। तिवारीले १६८ मत पाउँदा सापकोटाले २३४ मत पाए। उपाध्यक्षतर्फ पनि सापकोटा प्यानलका यज्ञराज बिनाडी निर्वाचित भएका छन्। उनले १८९ मत ल्याए। उनीसँग पराजित भएका भानुभक्त आचार्यले १६० मत पाएका थिए ।
यसैगरी सदस्यहरुमा आयुश जोशी, नारायण आचार्य, दुर्गा देवी सापकोटा र महिला सदस्य नारायणी गौतम विजयी भएका छन् । सदस्यतर्फ भने मिश्रित परिणाम आएको छ । सापकोटा प्यानलबाट महिला सदस्यमा नारायणी गौतम र खुल्लाबाट दुर्गा सापकोटा निर्वाचित भए ।
तिवारी प्यानलबाट आयुष जोशी र नारायण आचार्य निर्वाचित भए । सदस्यतर्फ आचार्यले सबैभन्दा धेरै मत पाएका थिए । २१ गते घोडाघोडी बहुमुखी क्याम्पसको साधारण सभा भएको थियो । आज निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिएको हो । ४५८ मत मध्य ४०४ मत खसेको थियो ।
