Loading

सहमति अनुसार पाँच दल निर्वाचनमा एकैसाथ

टीकापुर/सत्ता गठबन्धनका साझेदारहरु आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा एकसाथ भएर लड्ने सहमति भएको छ ।
सहमति सत्तासीन दलहरु नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा वीच सहमति भएको हो ।
पछिल्लोपटक निर्वाचन आयोगले साझा चुनाव चिन्ह लिएर निर्वाचनमा जान सकिने बताएपनि यसअघि नेकपा एमालेको चुनाव चिन्ह लिएर लडेको वरिष्ठ नेता हृदयेश त्रिपाठीको समूहले पार्टी छोड्न खोज्दा निर्वाचन चिन्ह लिएको पार्टीको दलको सदस्य नै मानिने भन्दै त्यसबेला निर्वाचन आयोगले बताएपछि उनी हच्किएका थिए । त्यसैले आयोगको र अदालतको फरक फरक फैसला वा राय आउने गरेका कारण पनि एक चुनाव चिन्ह लिएर लड्न निकै गाह्रो हुने बताइएको छ ।
तर एक चुनाव चिन्ह लिएर लडेमा पुष्पकमल दाहाल नेर्तत्वको नेकपा माओवादी केन्द्र,माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, बामदेव गौत्तम नेतृत्वको नेकपा एकता अभियान र दुर्गा पौडेल नेतृत्वको राष्«िटय जनमोर्चा सहितका यी चारवटा राजनीतिक दलहरु हुन सक्छन् ।
तर बामदेव गात्तम भने नेपाली काँग्रेससँगको गठबन्धनमा जान रुची देखाएको छैन । त्यसकारण उनको पार्टी र सिपी मैनालीको नेकपा माले प्रमुख विपक्षी दल नेकपा एमालेसँग मिलेर निर्वाचनमा जानसक्ने सम्भावना पनि त्यतिकै रहेको बताइएको छ ।
काठमाण्डौमा भएको सहमतिसँगै स्थानीयस्तरमा विभिन्न अडकलहरु पनि शुरु भएका छन् । स्थानीय तहको निर्वाचनमा यसैगरी सहमति भएपनि सोचेजस्तो परिणाम ल्याउन सत्तासीन कुनैपनि दलहरु सफल भएका थिएनन् । यस्तो ठूलो आकारको गठबन्धनले केही नेता र उनीहरुका आफन्तको सिट सुरक्षित गरेपनि जित्नका लागि भने त्यति सहज देखिएको छैन ।
स्थानीय एक राजनीति कर्मीका अनुसार अघिल्लोपट आफ्नो पार्टीले उम्मेद्वार नै नउठाएको ठाउँमा गठबन्धन दलहरुकै अनेपेक्षित मत खसेका कारण पनि आफ्नो पार्टी उम्मेद्वार नभएको ठाउँमा
अन्य गठबन्धनका दलहरुले भोट नदिने पक्काजस्तै रहेको छ ।
पछिल्लोपटक नेकपा माओवादी केन्द्रमा पनि दलाल, पुजपितिहरुलाई पार्टी र उम्मेद्वारीमा बढी महत्व दिन थालिएपछि इमान्दार कार्यकर्ता तथा नेताहरुले चुनावमा नखटिएपछि पनि सो पार्टीलाई ठूलो नोक्सान हुने देखिएको छ । यस्तै राष्ट्रिय जनमोर्चाको एक हिस्सा नै माओवादीमा बिलय भएपछि पनि आफ्नो उम्मेद्वार रहेको बाहेक अन्य ठाउँमा गठबन्धनलाई मत खस्ने ददेखिदैन । यसैगरी नेपाली काँग्रेसमा पार्टी महाधिवेशनको समयमा गरिएको तिव्र गुटबन्दी र स्थानीय निर्वाचनमा भएको टिकट वितरणको प्रक्रियालाई हेर्दा त्यति धेरै उत्साहित भएर कार्यकर्ता निर्वाचनमा होमिने स्थिति देखिदैन । नेकपा एकीकृत समाजवादीको स्थानीय निर्वाचनमा पहिले गठबन्धनले धेरै तह उसलाई दिन नमानेको र दिएको ठाउँमा पनि उल्लेख्य रुपमा जित्न नसकेकाले आगामी निर्वाचनमा आम कार्यकर्ता र जनताले धेरै स्थानमा विजयी गराउने अवस्था छैन ।
गठबन्धनको एक महत्वपूर्ण पार्टी जनता समाजवादी पार्टी हो । तर त्यसमा पनि दुई पटक विभाजन आइसकेकोले उल्लेख्य प्रगति हुने देखिदैन । तैपनि मधेश प्रदेश र लुम्विनी प्रदेशमा भने उसको उपस्थिति राम्रै रहने देखिएको छ । पछिल्लो पटक पश्चिम नेपालमा भर्खरै गठन भएको नागरिक उन्मुक्ति पार्टी र टेलिभिजन प्रस्तोता रवि लामिछानेको नेतृत्वमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाहरुको आकर्षण बढेकोले यी दुई दलले अरुभन्दा सत्तासीन गठबन्धन र प्रमुख विपक्षी दलको भोट नै कटौति गर्ने एक अध्ययनले देखाएको छ ।
सत्तासीन दलहरु एमसिसी, पिसिसी, नागरिकता विधयेक लगायतका मुद्धाहरुले कमजोर पर्ने खतरा पनि त्यतिकै देखिएको छ । त्यतिमात्र होइन अर्थमन्त्री प्रकरण, गर्खनर प्रकरण पनि मुद्धाका रुपमा जनतामा उभिएका छन् ।
विपक्षी दलहरु राट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा विभाजनले असर पारेपनि केही ठाउँमा सत्तासीन दल र प्रमुख प्रतिपक्षी दलका मतहरु काट्न सक्ने देखिएको छ । तर स्थानीय निर्वाचनमा आशा गरेको उपलब्धी हासील नगरेपनि राप्रपाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा केही प्रगति गर्ने अनुमान गरिएको छ ।
यसैगरी प्रमुख विपक्षी दल नेकपा एमालेको स्थानीय निर्वाचनको परिणामले उसलाई अलि हौसला नै मिलेको छ । तैपनि यही स्थितिमा सुधार गरेपछि, सीपी मैनाली, बामदेव गौत्तम, बाबुराम भट्टराई लगायतका पार्टीहरुको साथ भएपछि फेरिपनि एमाले शक्तिशाली भएर आउने नै देखिएको छ । अन्य पार्टीमा अधिकांश मानिसहरु नै खराब भएको र नेकपा एमालेमा केही मानिसहरु मात्र खराब रहेको कुरा पनि स्थानीयस्तरमा चल्ने गरेको छ । त्यसकारण पनि पछिल्लोपटक एमाले पुन शक्तिशाली बन्दै गइरहेको हो ।
तर, उसले पनि आपूmलाई करेक्सन गर्न सकेन भने स्वतन्त्र र अन्य ससाना दलहरुले प्रभावित पार्ने देखिएको छ ।
यसैवीचमा नागरिकता विदयेक संसदमा पारित हुनुभन्दा पहिले माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री पत्नि आरजु देउवा भारतीय नेताहरुसँग बसेको तस्वीर सार्वजनिक हुनु र त्यसपछि प्रचण्डको आगामी कार्यकालको प्रधानमन्त्री आपूm हुने धारणा र आधा समयपछि आरजु देउवा प्रधानमन्त्री हुने धारणा नेपाली सञ्चारमाध्यम हरुमा आउनुले पनि सत्तत्रा गठबन्धनका लागि यो निर्वाचन चुनौतिपूर्ण हुने देखिएको छ ।
कम्युनिष्ट पार्टीहरुमा लोकतान्त्रिक पद्धति हराउँदै गएर नेतृत्वलाई देवत्वकरण गरेर जानेप्रवृतिले पनि देश र जनताका लागि लडेका नेताहरु चुनावमा मन दिएर लाग्ने देखिएको छैन । त्यसकारण पनि आगामी निर्वाचनमा जम्बो गठबन्धन बनाएको सत्तापक्षलाई आउँदो निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन गाह्रो हुने देखिन्छ ।