![]()
काठमाण्डौ / नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट उनीहरु पक्राउ परेका हुन्।
प्रहरीका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति सन्तोष लामिछाने र उनकी पत्नी मीना लामिछानेलाई पक्राउ गरिएको हो। बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकेको थियो।
उनीहरुले गर्ने कारोबारमाथि शंका लागेपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएको छ। धनगढीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ। उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो।
