![]()
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बुधबारको बैठकले मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन निर्णय गरेपछि सम्भवत सरकारले भोलि (बिहीबार) चुनाव घोषणा गर्ने भएको छ ।
यस बिषयमा टुंगो लगाउन बुधबार साँझ प्रधानमनन्त्री निवास बालुटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो। सो बैठकमा आगामी मंसिर ४ मा प्रदेश तथा संघको निर्वाचन गर्ने बिषयमा सहमति जुटेको बताइएको छ ।
भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए । बैठक दिउसो बस्ने बालुवाटार स्रोतले बतायो। यद्यपी बैठकको समय भने तोकिएको छैन। बैठकले घोषणा गर्नु अघि सम्म मन्त्रीहरुको हेरफेर गर्ने समेत तयारी भएको स्रोतले बतायो। लोसपालाई सरकारमा सामेल गर्ने र उसलाई दुई मन्त्रालयको जिम्मेवारी दिने सोच प्रधानमन्त्री देउवाले देउवाले बनाएको बताइएको छ ।
‘सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’ नेताहरुका अनुसार चुनाव घोषणापछि पनि संसद कायमै रहने गठबन्धनका नेताहरुको बुझाइ छ । गठबन्धनको बैठकमा नेताहरु यस बिषयमा पनि सहमतिमा पुगेका छन् । ।

