![]()
टीकापुर । लामो समयदेखि खाली रहेको प्रतिनिधि सभाको उपसभामुख पदमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छिन् ।
आज भएको चुनावमा सत्तारूढ गठबन्धनबाट उम्म्ेद्वार रहेकी भुसालले एकसय ४८ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । भुसालको विपक्षमा ९३ मत खसेको थियो । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा दुई सय ७१ जना सांसद रहेकामा दुई सय ४२ जना उपस्थित भएका थिए ।
भुसाललाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पारित भएपछि एमालेकी भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन । उपसभामुखमा भुसाल र भट्टराई उम्मेदवार थिए । भुसाललाई सत्तारूढ गठबन्धनको समर्थन थियो ।
भुसाल नेपाली काँग्रेसको राजनीतिमा अब्बल महिला नेतृत्व मानिन्छन् । अर्घाखाचीबाट समानुपातिक साँसद रहेकी भुसाल यसअघि २०६४ को संविधान सधाको निर्वाचनमा समेत अर्घाखाँचीबाट प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन् । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसा समेत गरेकी भुसालले नेपाली काँग्रेसको महिला संगठनको महसचिव समेत भएर काम गरेसकेकी छन् ।
पार्टीमा निष्पक्ष, निडर र स्पष्ट वक्ता समेत रहेकी भुसाल यसअघि २०७४ मा तत्कालीन वाम गठबन्धनकी उम्मेद्वार शिवमाया तुम्बाहाम्फेसँग उपसभामुखमा पराजित भएकी थिइन् । तिनै तुम्वाहाम्फेले २०७६ माघ ६ गते तत्कालीन उपसभामुख राजीनामा दिएपछि यो पद अहिलेसम्म खाली रहेको थियो । झन्डै साढे दुई वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छ। उपसभामुखमा निर्वाचित भए लगतै भुसालले आपूmले निष्पक्षरुपमा उपसभामुखको भूमिका निर्वाह गर्ने सञ्चारमाध्यमसँग बताएकी छन् ।
