Loading

काठमाडौं, । नेपालमा दोस्रो जनआन्दोलन सुरु हूदा एमालेमा अहिलेका अध्यक्ष केपी शर्मा ओलीको हैसियत स्थायी समिति सदस्यको मात्र थियो। पार्टीको संस्थापन पक्षले पेलेको भन्दै उनले दर्जनौ पार्टीका समानान्तर कमिटीहरु बनाउदै गएका थिए। पछि तिनै कमिटीहरु मदनभण्डारी प्रतिष्ठानमा रुपान्तरण भएका थिए । एमालेका एक नेताका अनुसार स्थायी समिति सदस्यको हैसियतमा रहंदा ओलीले आफ्नो समूहको अलगै कार्यलय बनाएका थिए। सुरुमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरको पूर्वतर्फमा रहेको एक घरबाट उनको कार्यालय संचालन भएको रहस्य खुलेको छ ।

ऋोली यस्तै आन्त्रिक काममा लागेपछि उनले जनआन्दोलन तर्फ खासै महत्व दिन नपाएको एमालेका एक नेताले बताए। त्यसबेलाका प्रत्यक्षदर्शीका अनुसार ओली जनआन्दोलनको अग्रपङितमा त्यसबेला थिएनन् । उनी आन्दोलनमा समेत कम देखा पर्ने नेता थिए। तर जे भएपनि उनी आन्दोलनको विरोधमा भने देखिएनन् भने समर्थनमा पनि मैदानमा थिएनन् ।ऋहिले केपी ओलीले दावी गरेका छन् – बैशाख ११ को बक्तब्यको मस्यौदा मैले ड्राफ्ट गरेको हु। ओलीको यो भनाई सुनेर यसबेला गिरिजाप्रसाद कोइराला र भरतमोहन अधिकारी कति हाँस्थे होलान भनेर एक नेता टिप्पणी गर्छन।एमालेका एक नेताका अनुसार माओवादीसंगको वार्तामा पनि ओलीको त्यस्तो उल्लेख्य भूमिका थिएन। १२ बुंदे सम्झौतापछि पहिलो पटक बालुवाटारमा भएको शान्ति सम्झौताको बेला ओली पछाडिको बेन्चमा थिए।

१२ बुँंदे सहमतिमा हस्ताक्षर गर्ने नेतामा नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, ने.क.पा. –माओवादी) अध्यक्ष . प्रचण्ड, नेकपा –एमाले) महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेस –प्रजातान्त्रिक) का.वा. सभापति गोपालमान श्रेष्ठ, जनमोर्चा, नेपाल अध्यक्ष अमिक शेरचन, नेपाल सद्भावना पार्टी –आनन्दीदेवी) उपाध्यक्ष भरतविमल यादव र ससंयुक्त वाममोर्चा अध्यक्ष कृष्णदास श्रेष्ठ थिए। सो हस्ताक्षरमा ओलीको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै संलग्नता थिएन। बरु एमालेका नेताहरु वामदेव गौतम, युवराज ज्ञावली, भरतमोहन अधिकारीहरुको यसमा प्रत्यक्ष सहभागिता रहेको एक नेताले बताए।बैशाख ११ को राजाको शाही संवोधनबारे तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमालेका महासचिव माधवकुमार नेपाल, भरतमोहन अधिकारी, रामचन्द्र पौडेल र महेश आचार्यलाई मात्र थाहा भएको एमाले नेता अधिकारीले पछि रहस्योदघाटन गरेका छन् । ओलीले मस्यौदा गरेको भनि उनी आफैले गरेका टिप्प्णीलाई भरतमोहन अधिकारीलनै केही समयमा अनलाईन खबरलाई एक अन्तरवार्ता दिदै यसरी खण्डन गरेका थिए।

भरतमोहन अधिकारीको बयानमा त्यो मस्यौदा

वैशाख ७ गते राति राजा ज्ञानेन्द्रबाट वक्तव्य आयो । जनताको नासो जनतालाई बुझाउने, जनआन्दोलनकारी शक्तिलाई कार्यकारी अधिकार फिर्ता दिने लगायतको रकमी भाषा प्रयोग गरिएको थियो । हामी गिरिजाबाबु र माधव नेपालसँगै थियौं । त्यो वक्तव्यलाई त्यहीँबाट खारेज गरेर आन्दोलन जारी राख्ने निर्णय हामीले गरिसकेका थियौं । तर ,विदेशीहरुबाट चाहिँ राजाको वैशाख ८ गते रातिको घोषणा मान्न तिब्र दबाव थियो ।

करण सिंहदेखि श्यामशरणसम्म, अमेरिकी राजदूतदेखि राष्ट्रसंघ प्रतिनिधिसम्मले वैशाख ८ को शाही घोषणा मान्न दबाव दिएका थिए । तर, जनताले त्यो घोषणा मध्यरातमा जलाएर आन्दोलन जारी राखे ।राजा ज्ञानेन्द्र छटपटाइसकेका छन् भन्ने सूचना हामीले विदेशी कुटनीतिज्ञ र सुरक्षा निकायका प्रमुखहरुबाट पाइरहेका थियौं ।

त्यसबेला म प्रायः गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपालसँगै हुन्थेँ । गिरिजाबाबुसँग पारिवारिक नाता र पाको राजनीतिज्ञ हुनुको नाताले म एमालेको भए पनि उहाँसँग नजिक थिएँ । धेरै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा गिरिजाबाबुले भरतमोहनले के भन्छ ? भन्नुहुन्थ्यो । माधवकुमार नेपाल त्योबेला एमालेको महासचिव भएकाल उहाँलाई राजनीतिकरुपमा सघाउनु मेरो दायित्व थियो ।

कहानेको दौडधूप

गोपालप्रसाद रिमालले भनेजस्तै वैशाख ८ गतेसम्म आइपुग्दा रात पनि बोल्छ, रुख पनि हिँड्छ जस्तै भान हुन्थ्यो । जनताको अपार शक्ति नारायणहिटीतर्फ अघि बढिसकेको थियो । वैशाख ८ गते दिउँसो आजकै समयमा तत्कालीन राष्ट्रसंघीय प्रतिनिधि म्याथ्यू कहाने माधव नेपाललाई भेट्न आए । माधव नेपालसँग म र अमृत बोहोरा पनि थियौं ।राजाले जनताको नासो जनतालाई फिर्ता गर्न तयार छु भनेका छन्, तपाई आन्दोलनकारीले प्रधानमन्त्रीको नाम दिनुस् राजा आन्दोलनकारी पार्टीलाई कार्यकारी अधिकार बुझाउन तयार छन् भन्ने कुरा कहानेले राखे ।

लैनचौर डिनरमा दबाव

हामीले कहानेको कुरा सुन्यौं तर सहमति जनाएनौं । त्यसभन्दा अघिल्लो राति भारतीय दूतावासमा तत्कालीन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले पठाएका विशेष दूत करण सिंह र भारतीय विदेश सचिव श्यामशरण सहितको रात्रीभोज थियो ।भारतीय राजदूतले आयोजना गरेको रात्रिभोजमा एमालेबाट म थिएँ, कांग्रेसबाट अर्जुन नरसिंह केसी थिए ।डिनरको मौनता तोड्दै श्यामशरणले भने– अधिकारीजी, किङ ने आप लोगों को प्रधानमन्त्री बनाने का वादा कर चूका है, आप लोगों से कोई प्रधानमन्त्री बनिए, और संसद पुनस्थापना किजिए ।’

उनको कुरा मैले अस्वीकार गरें । हामीले राजाको मुखबाट जनतासमक्ष माफी मगाउन खोजेको हो, संसद पुनस्र्थापना गराएर घुँडा टेकाउन खोजेको हो, जनताको शक्तिका अगाडि राजालाई परास्त गर्न खोजेको हो भन्दै उनीहरुको भनाइलाई अस्वीकार गरेँ । बैशाख ८ को शाही घोषणा ठाडै अस्वीकार गरेको मैले नै हो । गिरिजाबाबु र माधव नेपाललाई मैले तपाईहरु यसमा नभुल्नुस भनेकै हो । त्यसपछि ९ र १० गते आन्दोलन अझ उत्कर्षमा पुग्यो । वैशाख ११ गते साँझ माधव नेपाल मेरो घरमा बस्ने गरी आउनुभयो । राति राजाका प्रमुख स्वकीय सचिव पशुपतिभक्त महर्जनले मलाई फोन गरेर माधव नेपालसँग कुरा गर्न खोजे । माधव नेपालसँग कुरा गराएपछि अहिलेनै भेट्नुपर्यो भन्न थाले । माधव नेपाल र म गाडी मगाएर गिरिजाबाबुको निवासमा पुग्यौं । पशुपतिभक्त महर्जन राजाको वक्तव्य बोकेर आइपुगे ।

गिरिजाबाबु र माधव नेपालले त्यो वक्तव्य पढेपछि महेश आचार्यले केही केरमेट गरे । त्यसपछि गिरजाबाबुले भरतमोहन हेर भनेर मलाई दिनुभयो । मैले प्रतिनिधिसभा पुनस्थापना गरिबक्सेका छौं भन्ने पहिलो हरफ ठीक छ, अरु सबै सच्याउनुपर्छ भनेँ । किनकि तल्लो हरफमा संसदको अधिवेशन सभामुखले सल्लाह गरेर डाक्ने भन्ने थियो ।

मैले अधिवेशनको मिति यही वक्तव्यमा तोकिनुपर्छ भनेपछि पशुपतिभक्त महर्जन झोक्किए । संसद अधिवेशनको मिति क्याबिनेटको सिफारिसमा तोक्ने कुरा तपाई मन्त्री भइसकेको मान्छेलाई थाहा छैन ? भने । मैले यो असामान्य अवस्था हो, संसद पुनस्थापना जनआन्दोलनबाट भएकाले यसको अधिवेशनको मिति पनि अहिले नै तोकिनुपर्छ भनेपछि फेरि राजाबाट सच्याएर ल्याउन भन्दै हिँडे । गिरिजाबाबुले मध्यराति भइसक्यो, राजा सुते होलान्, भोलि गरौं भन्नुभयो । तर, महर्जनले मौसूफ त तपाईहरुको सन्देश पर्खेर बसिबक्सेको छ भनेपछि राजा कुन हालतमा रहेछन् भन्ने हामीले बुझ्यौं ।

सौर्य अनलाइनबाट