![]()
टीकापुर/स्थानीय अगुवा सन्देश साप्ताहिकका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका संस्थापक उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीलाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका छन् ।
पत्रिकाको कामका लागि टीकापुर नगरपालिका वडा नं १ ब्लक नं १० स्थित घरबाट खाना खाएर आइतबार दिउँसो १ बजेतिर१ बजेतिर कार्यालयतर्फ सुपप्र ०१–०११ प १११० नम्बरको मोटरसाइकलमा गइरहेका भण्डारीलाई ब्लक नं ९ मा पछाडिबाट आएको भे७ प २८६३ नं को मोटरसाइकलले ठक्कर दिएको हो ।
ठक्कर दिने कोहलपुर चप्परगौडीका सुदीप थापा भनिने चालक सहितको टोली टीकापुर अस्पताल पुर्याएपछि फरार भएको छ । शान्ति पाथा बताउने पीडक थापाकी आमाले छोरालाई दुई झापड हानेको बताएकी छन् । त्यसपछि उक्त मोटरसाइकलमा रहेका चालक सहित दुबैजना फरार भएका हुन् ।
घाइते भण्डारी र अस्पताल परिसरमा रहेका सुरक्षाकर्मी एक्सरे रुममा भएको मौका छोपी उनीहरु दुबैजना मोटरसाइकल लिएर फरार भएको पीडित भण्डारीले बताएका छन् । पीडकसँग सवारी अनुमति चालक पत्र नभएको कारणले नै उनीहरु फरार भएको हुनसक्ने बताइएको छ ।
पत्रकार भण्डारीको दुबै हात, दायाँ खुट्टामा चोट लागेको छ भने उनको मोटर साइकल र झोलमा रहेको ल्यापटप समेत टुटेको छ । दुईदिन भित्र छोरा र मोटरसाइकल उपस्थित गराउने, मोटरसाइकल, ल्यापटप बनाउने, घाइते भण्डारीको उपचार गर्ने कागज इलाका प्रहरीमा पीडककी आमाले गरेकी छन् ।


