![]()
टीकापुर/स्थानीय भावना होटलमा बसिरहेको बेला नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश समिति सदस्य ताराप्रसाद जैसी (संज्याल)लाई आक्रमण गरी कुटपिट गर्ने दोषीहरुलाई तत्काल कारवाही गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ ।
नेकपा माओवादी केन्द सुदूरपश्चिम प्रदेश समिति र टीकापुर नगर समितिले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कारवाहीको माग गरेको हो । कारवाही नगरिए तत्काल आन्दोलन गरिने समेत चेतावनी विज्ञप्तिमा दिइएको छ ।
गत मंगलबार राति टीकापुरस्थित भावना होटलमा बसिरहेको एक अपराधिक समूहले होटलको बत्ती निभाएर नियोजित र षड्यन्त्रपुर्वक तरिकाले सांघातिक हमला गर्को जैसीले समेत सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
सुदुरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरी उत्सवले जारी गरेको बिज्ञाप्तिमा गत १७ गते राति टीकापुरस्थित भावना होटलमा बसिरहेको अवस्थामा नेपाली काँग्रेस निकट पृथ्वी रावल सहितको अपराधिक समूहले होटलको बत्ती निभाएर नियोजित र षड्यन्त्रपुर्वक तरिकाले सांघातिक हमला गरी हत्या नै गर्ने मनसाय सहित कुटपिट, धाकधम्की दिएको प्रति घोर आपत्ति जनाउँदै ध्यानाकर्षण भएकोे जनाएको छ । बिज्ञाप्तिमा “कुनै दलको आडमा आपराधिक मानसिकता बोकेका ब्यक्तिहरुलाई तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ भनिएको छ ।
साथै सोही विषयमा नेकपा माओवादी केन्द्र टीकापुर नगर कमिटीले पनि प्रेस बिज्ञाप्ति जारी गरेको छ । नगर कमिटी सचिव खुशीराम चौधरी आमुलले जारी गरेको बिज्ञप्तिमा संज्याल लगायत पार्टीका अन्य प्रकाशसिंह टमट्टा, दन्त शाही, डमर रावल, रतन विश्वकर्मा र प्रेमसिंह विश्वकर्मा लगायत थुप्रै व्यक्तिहरुलाई समेत गालीगलोज तथा अश्लील शब्द प्रयोग गर्दै आएकोमा आपत्ति जनाएको छ ।
“मानसिक रुपमा तनाव दिने हिसावले गाली गलोज, कुटपिट र ज्यान मार्ने धम्की दिन लगाउने योजनाकार र गर्न खोज्ने अपराधी मानसिकता भएका व्यक्तिहरुलाई यथाशिघ्र खोजी कार्य गरी कानुनी दायरामा ल्याउन अनुरोध गर्दछौ भनिएको छ ।
यस्तै गालि गलोज तथा ज्यान मार्ने धम्की लगाउने घटनाप्रति हामो पार्टीको ध्यानाकर्षण भई उक्त घटनाको घोर भत्सर्ना र निन्दा गर्दछौं । तत्काल दोषिलाई कार्वाहीको दायरामा नल्याए हाम्रो पार्टी शसक्त प्रतिरोध गर्न वाध्य हुने व्यहोरा समेत जानकारी गराउन चाहान्छौ । बिज्ञाप्तिमा उल्लेख गरिएको छ ।



