Loading

टीकापुर/टीकापुर एयरपोर्टको सम्भाव्यता अध्ययन गर्न टीकापुर पुगेको नागरिक उड्डयन प्राधिकरणको तेश्रो पक्षीय टोलीसँगको अन्तरक्रियामा कार्यक्रमका सहभागीहरुले ब्यवस्थित रुपमा सञ्चालनमा ल्याउन एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

मंगलवार नगरपालिकाको सभाकक्षमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाह सहितको एक अध्ययन टोलीले स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी लगायत सरोकारवाला निकायसँग छलफल गरेको हो ।

आयोगका पूर्वसदस्य शाहले टीकापुर एयरपोर्ट यथास्थानमा तत्काल सञ्चालन गर्न सकिन्छ वा सकिँदैन रु सकिन्छ भने कसरी सकिन्छ साना ठूला कस्ता कस्तो फ्लाइटहरु चलाउन सकिन्छ रु यस्को लक्ष्य पहाडी रुट हो वा काटमाण्डौ पनि हो भन्ने विषयमा विषयमा आप्mनो मत राख्न सुझएका थिए ।

यस सन्दर्भमा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले पटक पटक सर्भे गर्ने तर सञ्चालनमा आलटाल गर्ने कुरा दुःखद भएको बताए । उनले ५० प्रतिशत सिट रिजर्भ भएनन् भने जहाज ल्याउने एजेण्टले घाटा खाएर उडान नगराउने बताएपछि त्यसका लागि सिट पूरा गर्न टीकापुर नगरपालिकाकाले ब्यवस्थापन गर्ने बताए ।

यस्तै उपमेयर खडकबहादुर शाहले पञ्चायतकालमा सञ्चालन भएको एयरपोर्ट हाल सञ्चालनमा ल्याउन नसकिने किन ? भन्दै यसलाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । उनले पटक पटक ठाउँठाउँमा लगानी गर्नुभन्दा बरु दुई वर्ष ढिलो गरी बनाऔं तर दिर्घकालीन रुपमा सञ्चालन हुने स्थान छनौट गरी बनाउनुपर्ने बताए ।

हाल सञ्चालन रहेको ठाउँ बजारको नजिकै भएको, बस्ती बाक्लो भएको र ठूला जहाज सञ्चालन गर्न क्षेत्रफल नपुग्ने भएकाले राज्यको लगानी उपयुक्त स्थानमा हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस टीकापुरका नगर सभापति नरेशकुमार खत्रीले तत्काल यही एयरपोर्ट सञ्चालन गर्ने र दीर्घकालका लागि अन्यत्र उपयुक्त स्थानमा सार्नुपर्ने बताए । कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रतिनिधि तेज बोहराले टीकापुर क्षेत्रको पयर्टन विकासका लागि समेत एयरपोर्ट सञ्चालन हुनुपर्ने बताए । उनले यसका लागि राज्यले एक् दुई करोड बजेट दिएर हुँदै पूरा योजनका साथ बजेट दिनुपर्ने बताए ।
यस्तै नेपा पत्रकार महासंघका सुदूरपश्चिम प्रदेशका संस्थापक उपाध्यक्षले अध्ययन टोलीले सोधेको एक प्रश्नमा यो विमानस्थल टीकापुर विकास समितिको पहलमा २०३५ सालमा शुरु भएको र प्रजातान्त्रिक आन्दोलनसँगै २०४६ मा बन्द भएको बताए । द्धन्द्धकालमा बन्द भएको भन्ने सहभागीका भनाईको खण्डन गर्दै माओवादी युद्धकालीन समयमा बन्द नभएको बताए ।

प्रजातन्त्र आइसकेपछि टीकापुर विकास समितिमा हालीमुहाली गर्नेहरुले त्यसतर्फ ध्यान नदिएको पहिलो कारण, महेन्द्र राजमार्ग कालोपत्रे हुनु, पहाडसँग सडक सञ्जाल जोडिनु, नेपाल वायुसेवा निगमसँग प्रयाप्त मात्रामा विमान नहुनु पनि बन्दको कारण भएको उनले बताए । यस विषयमा थप अध्ययन गर्न टीकापुर विकास समितिका अधिकृत स्तरका पूर्व कर्मचारीहरुसँग बुझ्न पनि उनले आग्रह गरे । सञ्चारकर्मी भण्डारीले अहिलेको स्थानमा दिर्घकालीन रुपमा हवाई उडान हुन नसक्ने बताउँदै दिर्घकालीन रुपमा उडानका लागि उपयुक्त स्थान चयन गरेर नै त्यसमा पूर्वाधारहरु बनाइनु पर्नेमा जोड दिए ।

यस्तै नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रंगप्रसाद अधिकारीले नागरिक उड्डयनले प्लेन चलाए हवाई विभागलाई जग्गा दिइनुपर्ने तर नचलाएमा हवाइ मैदानको जग्गा नगरपालिकाको मातहतमा ल्याउनुपर्ने बताए ।
यसैगरी नेपाली काँग्रेसका प्रतिनिधि नरेश खत्रीले विमानस्थल चलाइनुपर्नेमा जोड दिए । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि रमेश विश्वकर्माले पनि एयरपोर्टलाई दिर्घकालीनरुपमा चल्ने गरी उपयुक्त स्थानमा सार्नुपर्ने बताए ।

टीकापुर नगरपालिका वडा नं ६ का अध्यक्ष बलिराम चौधरीले मुआब्जा दिएर भएपनि हवाई सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले ‘राज्यले मुआब्जा दिए बरु सस्तो पर्ने बताउँदै सिट नपुगेमा नगरपालिकाकाले लगानी गर्ने कुरामा आपूm सहमत नभएको बताए । उनले राज्यले लगानी गर्न चाहेको देखिँदैन, यदि सञ्चालन गर्ने हो भने राज्यको लगानी नै आउनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार परमानन्द पाण्डेले भएकै टाउँमा १२ सय मिटर कालोपत्रे गर्न सकिने बताउँदै यही स्थानमा तत्काल चलाउन उपयुक्त हुने धारणा राखेका थिए ।
तर अध्ययन टोलीले यस मैदानबाट ट्वीनटर विमान र सबमिट एयरवेजको सानो विमान बाहेक ठूला विमान चल्न नसक्ने बताए को छ । टोलीले ससाना विमानबाट लामो दुरीको यात्रा हुन नसक्ने केवल छोटो दुरीको यात्रा मात्र हुने बताएको छ ।
विगत एकदशकदेखि विमानस्थल सञ्चालन गर्ने भन्दै विभिन्न प्रतिनिसिध मण्डल प्रधानमन्त्री तथा पर्यटनमन्त्री कहाँ पुग्ने गरेको छ । यसअघि सोही मागलाई सम्वोधन गर्नका लागि विमानस्थलको अवस्था बुझ्न नागरिक उड्डयन प्राधिकरणले प्राविधिकसहितको टोली पठाएको थियो ।

उक्त बन्द भएको विमानस्थल क्षेत्र, खेलकुद विकास समितिलाई दिइएको पार्करोडमा भएको खेलकुद मैदान र टीकापुरको पुरानो एयरपोर्ट रहेको हालको टीकापुर नर्सरीको जमिनको समेत अध्ययन गरेको थियो । विभिन्न अध्ययन अनसन्धान गरेपनि निष्कर्षमा भने पुग्न सकेको देखिएको छैन ।

अन्तर्राष्टिय मापदण्ड (आइकाओको मापदण्ड)नुसार एक हजार ८०० मिटरभन्दा लामा हवाई मैदानको चौडाइ पनि ३२० मिटर हुनुपर्ने भएपनि टीकापुरमा रहेको विमानस्थलको क्षेत्रफल एक हजार दुई सय मात्र भएका कारण हवाई उडान गर्न कठिनाइ भएको प्राधिकरणका निर्देशक रत्नबहादुर श्रेष्ठले स्थलगत अध्ययन टोलीले यसअघि टीकापुर विमानस्थल अध्ययन गर्दै बताएका थिए ।