Loading

दुर्गाैली/जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेश चौधरीले पदभार ग्रहण गरेका छन् ।

मंगलबार नगरपालिकाका कर्मचारी तथा सञ्चारकर्मीको उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन् । पदभारग्रहणसँगै कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले समयको निकै महत्व भएको बताए । समयको सही सदुपयोग गर्न आग्रह गर्दै उनले जनप्रतिनिधि र कर्मचारीहरुको सहकार्यबाट यो सम्भव हुने बताए ।


पदभारपछि नवनिर्वाचित उपाध्यक्ष सहित गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुलाई समेत सपथ गराएका थिए । समयको बारेमा एकघण्टा अघिमात्र छोटो प्रशिक्षण दिएका चौधरीले सपथग्रहण कार्यक्रम नै २ घण्टा ढिलो भएकोमा खिन्नता ब्यक्त गरे । उनले आपू हँसिलो भएपनि गलत गर्नेलाई कारवाहीका लागि एक्सन लिन पछि नपर्ने बताए ।


अध्यक्ष चौधरीले मंगलबार नै गाउँपालिकामा स्वास्थ्य, शिक्षा, खेलकुद, सञ्चार, सडक सबै विषयमा तदारुकताका साथ काम गरिने समेत बताएका छन् । उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि विकासलाई प्राथमिकतामा राखी सामाजिक आर्थिक विकासको माध्यमद्वारा समृद्ध गाउँपालिकाको विकास गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।