![]()
टीकापुर । प्रेस सेन्टर नेपाल टीकापुर शाखाको प्रथम शाखा अधिवेशन आज टीकापुरमा सम्पन्न भएको छ ।
अधिवेशनले बलराम भगोरियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष जगतकुमारी जैसी, सचिव पूर्ण बहादुर बि.क., सहसचिव मानबहादुर ठकुल्ला र कोषाध्यक्षमा खेमराज पाण्डेयलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा राजेन्द्र बिक, राकेश चौधरी, पूर्णीमा चौधरी, सिताराम चौधरी, रबिना चौधरी र हरि चौधरी रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी रामसिंह ठगुन्ना, विशिष्ट अतिथि खडक बहादुर शाहले अबिर र खादा लगाएका थिए भने विशिष्ट अतिथि दुर्गाप्रसाद भण्डारीले कार्यसमितिको प्यानल प्रस्तुत गरेका थिए । सहभागी आयोजक समितिका सम्पूर्ण सदस्यहरुले सर्वसम्मतिबाट कार्यसमितिलाई चयन गरेका थिए ।

यसअघि कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं प्रदेश इन्चार्ज रामसिंह ठगुन्ना, विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका टीकापुर नगर अध्यक्ष खडक बहादुर शाह, विशिष्ट अतिथि तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य दुर्गाप्रसाद भण्डारीले शुभकामना ब्यक्त गरेका थिए ।
यसैगरी प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष पदमबहादुर बोहरा, नेपाल पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष घनश्याम पौडेल, प्रेस सेन्टर नेपाल कैलाली जिल्ला समन्वय समितिका अध्यक्ष तेजराज भट्टले समेत शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मदनराज जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सदस्य दीपेन्द्र भण्डारी, जिल्ला समन्वय समिति उपाध्यक्ष झलनाथ खनाल सहितका अतिथिहरुको समेत सहभागिता रहेको थियो ।

आयोजक समिति संयोजक बलराम भगोरियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोजक समितिका सदस्यहरु छविलाल जैसीले स्वागत मन्तब्य र पूर्ण बिकले संचालन गरेका थिए ।

स्मरणीय कुरा के छ भने नेपाल पत्रकार महासंघको विधानमा तीन वर्ष अघि नै स्थानीय तहमा शाखा गठन गर्ने र जिल्ला शाखालाई समन्वय समिति बनाउने वैधानिक व्यवस्था गरिएपनि अहिलेसम्म लागु हुन सकेको छैन । तर गत माघमा चितवनमा सम्पन्न प्रसे सेन्टर नेपालको राष्टिय अधिवेशनले पनि आप्mनो विधान परिवर्तन गर्दै जिल्ल कार्य समितिलाई जिल्ल समन्वय सििमतमा राख्ने र स्थानीय तहहरुमा शाखा, उपशाखा समिति बनाउने व्यवस्था गरेसँगै सुदूरपश्चिम प्रदेशमा यो टीकापुर शाखा नै पहिलो शाखा हुन गएको छ ।

प्रेस सेन्टर नेपालले नेपाल रँजयको पुर्नसंरचना गर्दै प्रदेश संरचनामा गएपछि आप्mनो प्रदेश समिति पनि अन्य संगठनमा पहिले नै बनाइसकेको थियो भने अन्य संगठनले अहिले मात्र सो ब्यवस्था गरेका छन् । त्यसै कारण प्रेस सेन्टर नेपालले दोस्रो प्रदेश अधिवेशन गरिसकेको छ भने केही संगठनले प्रथम प्रदेश स समिति गठन गरेका छन् भने कतिपयले अझै गर्न सकेका छैनन् ।

