![]()
धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन्।
राष्ट्रियसभा सदस्यसमेत रहेका कैलालीका चौधरीले प्रदेश मन्त्री रहेका दार्चुलाका सांसद मानवहादुर धामीलाई २१ मतले हराएका हुन् ।
प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि सोमबार निर्वाचन प्रणालीमार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो। प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउदै विजयी भएका हुन् भने धामीले ९३ मत पाए।
यस्तै अन्य ८ जना पदाधिकारी पनि टुंगो लगाएको छ। प्रदेश समितिको उपाध्यक्षमा मानसिंह माल (डडेल्धुरा), अक्कल रावल (अछाम) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन् ।
सचिवमा जनक बुढा (बझाङ), सह-सचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमल कुमारी शाह (बाजुरा) विजयी भएका छन्।
