बाँके । नेकपा एमालेका सांसद मोहन बानियाँ बलात्कार आरोपमा पक्राउ परेका छन्। जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँ विरुद्ध बाँके प्रहरीमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसुधन न्यौपानेले सांसद बानियाँ नेपालगन्ज विमानस्थलबाट पक्राउ परेको पुष्टि गरे । पीडित महिलाले बाँकेस्थित होटल अप्सरामा आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको र जाहेरीपछि उनलाई पक्राउ गरिएको न्यौपानेले बताए ।
जाहेरीमा ती महिलाले होटेल अप्सरामा माघ १८ गते बोलाएको र त्यही बस्न लगाई बिहानीपख जबरजस्ती गरेको उल्लेख भएको उनले बताए । मुगुका सांसद रहेका बानियाँ विरुद्ध थप अनुसन्धान हुने डिएसपी न्यौपानेले बताए।