![]()
काठमाडौं । ठगी मुद्दामा आरोपित रहेका सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज निकै तनावमा छिन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्बिर बाहिरिएपछि उनी थप तनावमा परेकी हुन् ।
तस्वीर सार्वजनिक भएकोमा ज्याकलिनले दुःख व्यक्त गर्दै उनले एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् । ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया दिएका छन् । जसमा सञ्चारकर्मी साथीहरु पनि हुनुहन्छ, उहाँहरुले मलाई धेरै सपोर्ट गर्नुभएको छ,’ उनले भनेकी छन्, ‘मलाई विश्वास छ कि मेरो व्यक्तिगत कुरालाई यहाँहरुले भाइरल बनाइदिनुहुनेछैन ।’
उनले आफ्नो गोप्य तस्बिरलाई भाइरल नबनाइदिन सबैसँग आग्रह गरेकी छिन् । ज्याकलिनको केही समयअघि मात्रै दुई करोड ठगी मुद्दाका मुख्य आरोपी चन्द्रशेखरसँग नाम जोडिएको छ ।
