Loading

काठमाडाैं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन कार्यालय र स्थानीय तहहरूमा समेत लाइभ इनरोलमेन्ट हुने गरी दर्ता स्टेशन थप गर्न लागिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा देखिएको भीडभाडलाई दृष्टिगत गर्दै स्टेशन थप गर्न लागिएको विभागले जनाएको हो ।

विभागले तत्काल विद्युतीय राहदानी बनाउन आवश्यक नभएका सेवाग्राहीले भीडभाड नहुने गरी क्रमिक रुपमा आफ्नो विवरण प्रविष्ट गर्न र अत्यावश्यक भएका नागरिकले सम्भव भएसम्म आफ्नो जिल्लामा नै विवरण प्रविष्ट गरी राष्ट्रिय परिचयपत्र नम्बर लिन अनुरोध गरेको छ । मंसिर १ गतेदेखि विद्युतीय राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।