Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । ललितपुरको एक व्यांक्वेटमा बसेको आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

अध्यक्षमा निर्वाचित हुँदै गर्दा प्रचण्डलाई पार्टीका केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् । अध्यक्षमा अरुको उम्मेदवारी नपरेपछि ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

तर पदाधिकारी चयन पुस २५ गतेसम्मका लागि स्थगित भएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुन भोलिअस्पतालबाट डिस्चार्ज हुँदैछन् । जानकारी अनुसार पुनको अनुरोधमा नै पदाधिकारी चयन पुस २५ गतेसम्मका लागि स्थगित भएको हो । नेता पुन हाल चीनमा उपचाररत् छन् । अब उनी नेपाल आएपछी मात्र माओवादी केन्द्रको पदाधिकारी चयनको प्रकृया अगाडि बढ्ने छ ।