![]()
काठमाडौँ । यातायात व्यवस्था विभागले दैनिक ७ देखि १० हजार सवारी परिचयपत्र छपाइको काम सुरु गरेको छ । झन्डै ९ महिनालेखि अभावका कारण वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता दिइएको विभागले जनाएको छ ।
लाइसेन्स कुरेर बसेका लाखौँ सर्वसाधारणले चाँडै कार्ड प्राप्त गर्ने गरी काम अघि बढाइएको विभागले जनाएको छ । १८ घन्टासम्म छपाइको काम हुने गरी दैनिक सातदेखि दश हजार लाइसेन्स छाप्ने प्रबन्ध मिलाइएको छ।
कोरोनाभाइरस महामारी र लकडाउनलाई कारण देखाउँदै २०७६ चैतदेखि तीन महिनाका लागि नयाँ चालक अनुमति पत्रको आवेदन बन्द गरिएको थियो।
महामारीको दोस्रो लहर सुरु भएपछि गत वैशाख १६ गतेदेखि पुनः ठप्प पारिएको आवेदन कार्तिक ७ गतेदेखि खुला गरिएको भए पनि सहज रूपमा लाइसेन्सको छपाइ हुन सकेको छैन।
