Loading

काठमाण्डौ, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको छ ।

बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो। बन्द सत्रमा भौगोलिक ७ गैर भौगोलिक ३ गरी १० प्रदेशबाट र विभागबाट मनोनित गरी कुल १ हजार ६ सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ ।

बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस गरिएको छ । प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ।

बन्द सत्रअघि सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको थियो ।