Loading

काठमाण्डौ, ९ पुस नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बिच एकीकरण भएको छ । शुक्रबार काठमाण्डौको एक पार्टी प्यालेसमा भएको पार्टी एकीकरण कार्यक्रममा लोकेन्द्र लम्साल नेतृत्वको सम्पर्क मञ्च एकीकरण भएको हो ।

लम्साल सुदूरपश्चिममा लामो समयदेखि मसालको राजनीति गर्दै आएका नेता हुन् । नेकपा मसालको कार्यकर्ताहरुको उपस्थितिमा केही महिना अघि उनले सुदूरपश्चिम प्रदेश समिति गठन गरेर अध्यक्ष भएपछि मोहन बिक्रम सिंहको मसालले उनको समूहलाई कारवाही गरेको थियो ।

कारवाहीमा लोकेन्द्र लम्सालसँगै, तिलक परियार, लक्षीराम आचार्य सहितका दजैनौं ने ता कार्यकर्ताहरु कारवाहीमा परेका थिए । यही विषयलाई लिएर दुवैपक्षवीच विवाद चलिरहेकै समयमा लम्साल समूहले बिद्रोह गरी नेकपा मसाल(सम्पर्क केन्द्र गठन गरेको थियो ।

एकीकरणपत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डा र सम्पर्क केन्द्रका संयोजक लोकेन्द्र लम्सालले संयुक्त हस्ताक्षर गरेका छन् । यो एकीकरणसँगै लम्साल, हुकुम साउँद, लक्षीराम आचार्र्य लगायत विभिन्न जिलाबाट गरी सयौं नेता कार्यकर्ताहरु नेकपा माओवादीमा समाहित भएका छन् ।

दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन । दुवै पार्टीविच राष्ट्रिय मुद्दा, क्रान्तिकारी कम्यूनिष्ट आन्दोलन विकास बारे समानता रहेको जनाउँदै बाँकी राष्ट्रिय सम्मेलनबाट वैज्ञानिक निष्कर्षहरु संश्लेषण गरिने सहमती गरेका छन ।

जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन ।

कम्यूनिष्ट आन्दोलनभित्र पर्ने दक्षिणपन्थी विर्सजनवाद जडसुत्रवाद सबैखालका अवसरवादको अन्त्य गर्दै कम्यूनिष्ट आन्दोलनलाई थप उचाईमा पु¥याउने, टुटफुटमा रहेको कम्यूनिष्ट आन्दोलन एकतामा जाने, विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमती गरेका छन ।

पार्टी एकता घोषणा पत्रमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र मसाल सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त रुपमा हस्ताक्षर गर्दै संगठनका बाँकी कार्यभार पुरा गर्ने र देशलाई समानता न्यायको बाटोमा डो¥याउने प्रतिबद्धता जाहेर गरिएको छ ।

मसाल सम्पर्क केन्द्र र माओवादीविचको एकतासंगै देशभरीबाट मसाल सम्पर्क केन्द्रका नेता कार्यकर्ता आजैका मितिदेखि पार्टी एकिकरण आएका छन ।