![]()
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा राष्ट्रिय सहमति बिना पास गर्न नहुने बताएका छन् ।
उनले एमसीसी नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्ने बताए । परियारले ‘सम्झौताको बुँदा बुँदामा सामूहिक रुपमा छलफल गर्नुपर्छ । छलफल गरेर निष्कर्ष निकालेपछि पारित गर्दा उपयुक्त हुन्छ । तर, सहमतिबिना बलजफ्ती पास गर्दा यसले मुलुकको लागि राम्रो गर्दैन,’ उनले भने । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउनको लागि सर्वदलीय बैठक बोलाएर छलफल प्रारम्भ गरेको उनको भनाइ छ ।
‘एमसीसी राष्ट्रिय एजेण्डा हो । यो प्रमुख प्रतिपक्षी दल एमालेको पनि एजेण्डा हो । सम्झौतामा कुन–कुन बुँदा अनुपयुक्त छन्, वा राष्ट्रिय हितविपरित छन् रु राष्ट्रियतामा प्रश्न उठाउने कुरामा यो पारित गर्नुहुँदैन,’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘एमसीसी भनेको अमेरिकी सहयोग रकम, यो नेपालमा मात्रै आएको होइन । विभिन्न देशमा सम्पन्न भएका घट्ना पनि छन् । सबै दलहरुमा छलफल गरेर र पुनरावलोकन गरेर पारित गर्नुपर्छ ।’
