Loading

काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का नेता भीम रावलले संसद् अवरुद्ध गर्नुको कुनै औचित्य नरहेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै रावलले सरकारका कामकारबाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्नुको अ‍ौचित्य नरहेको बताएका हुन्।

‘सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अ‍ौचित्य के होरु,’ उनले लेखेका छन्,‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइनरु यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।’

एमालेले आफ्नो पार्टी संसदीय दलबाट निश्कासनमा परेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको सूचना सभामुख सापकोटाले जारी नगरेको भन्दै संसद् बैठक अवरुद्ध पार्दै आएको छ।
एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद् अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताएकी छन्।

सचेतक चौधरीले मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरुको सूचना जारी गर्न सभामुख सापकोटाले अटेर गरेपछि संसद् अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको बताएकी थिइन्।