Loading

धनगढी, प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनबाट भुवन बोहराको नेतृत्वमा ३७ सदस्यीय प्रदेश समिति सर्वसम्मति निर्वाचित भएको छ ।
अधिवेशनको बन्द सत्रले निर्वाचन कार्यविधि अनुसार ३७ सदस्यहरुलाई सहमतिमै निर्वाचित गरेको थियो । निर्वाचित सदस्यहरुमा जेष्ठ सदस्य पदम बोहराको अध्यक्षतामा बसेको पहिलो बैठकले अध्यक्षमा भुवन बोहरा, वरिष्ठ उपाध्यक्षमा सम्राट सिंह, उपाध्यक्षमा पदम बोहरा, समावेशी उपाध्यक्षमा प्रेम नेपाली, प्रमुख सचिवमा कर्ण चन्द, खुला सचिवमा लखन चौधरी, मोहन विष्ट, धनराज विष्ट, पहिला राना, सोधा नेपाली, शान्ति बोहरा र कोषाध्यक्ष घनश्याम पौडेललाई सहमतिमा चयन गरेको हो ।
अध्यक्ष मण्डलका संयोजक दुर्गाप्रसाद भण्डारीको अध्यक्षतमा भएको बन्द सत्रमा निर्वाचित कार्यसििमतका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संंयोजक लक्ष्मीदत्त जोशीले सपथ राएका थिए ।
निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथी नेकपा माओवादी सुदूरपश्चिम प्रदेश समिति सहइन्चार्ज वीरमान चौधरी, प्रेस सेन्टर नेपालका सुदरपश्चिम इन्चार्ज रामसिंह ठगुन्ना, अध्यक्ष मण्डलका सदस्य केशव जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि उद्घाटन सत्रलाई सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट, संविधान सभा सदस्य हरि श्रीपाइली, प्रेस सेन्टर नेपाल सुप इन्चार्ज रामसिंह ठगुन्ना, वरिष्ठ केन्द्रीय सदस्य दुर्गाप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समिति अध्यक्ष योगेश रावल, पूर्व अध्यक्ष अर्जुन शाह, प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश समिति महासचिव शिवराज भट्ट, प्रेस यूनियनका कैलाली शाखा अध्यक्ष श्रवण देउवा, समाजवादी प्रेस संगठनका कैलाली शाखा अध्यक्ष लक्ष्मीप्रसाद जैसी, आदिवासी जनजाति पत्रकार संघका सुदूरपश्चिम अध्यक्ष भीम चौधरीले शुभकामना ब्यक्त गरेका थिए ।
उद्घाटन सत्र प्रदेश आयोजक समिति संयोजक निमेन्द्र शाहीको अध्यक्षतामा भएको थियोभने सञ्चालन अरुण भट्ट र स्वागत मन्तव्य मुकेश टेर्राले गरेका थिए ।