Loading

टीकापुर/ नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलन शनिबार टीकापुरमा शुरु भएको छ ।
सम्मेलनको उद्घाटन सत्रलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौंको पेरिसडाँडा स्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुवल प्रविधिमार्फत सम्वोधन गरेका थिए । पार्टी अध्यक्ष प्रचण्डले मुलुक भरिका पालिकातहमा भएका अधिवेशनलाई सम्वोधन गर्दै उद्घाटन गरेका हुन् ।
त्यसपछि कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सहइन्चार्ज नेप बहादुर चौधरीले नेकपा माओवादी जनताका उजेण्डा बोकेर आएको पार्टी भएकोले यसलाई जनतावीच लोकप्रिय बनाउन कार्यकर्ता तथा नेताहरुले एकजुट भएर जनपक्षीय काम गर्नुपर्ने बताए । उनले विचारलाई ब्यवहारमा बदलेर मात्र वास्तवमै समाजवाद आउने भएकाले त्यसका लागि हरेक कार्यकर्ता अग्रसर भएर लाग्नुपर्ने बताए ।
माओवादी पार्टीमा आन्तरिक लोकतन्त्र नभएको आरोप लागिरहेका बेला त्यस्को विषयमा पनि पार्टीले केन्द्रीय स्तरबाटै निर्वाचन टोली बनाएर काम गरिरहेको छ । नेकपा एकीकरण पछि फेरि बिघटन भएकाले पार्टीको सुदृढीकरण पहिलो प्राथमिकता हो । पार्टीका हरेक तहमा पहिले सहमतिबाट नै कार्यसमिति र प्रतिनिधिहरु चयन गरिने छन् । तर हरेक कार्यकर्ताको काम गर्ने चाहना भएकोले सहमति हुन नसकेमा जर्बजस्ती समिति चयन नगरी लोकतान्त्रिक विधि र प्रक्रियाबाट नेतृत्व तथा समिति चयन गरिने छ । यस्का लागि निर्वाचन समितिले आप्mनो काम जारी राखेको उनले बताए ।
यस्तै शुभकामना मन्तव्य राख्दै संविधान सभा सदस्य हरि ज्ञवाली अखण्डले पहिले कैलाली जिल्लामा पार्टीको बिजारोपण टीकापुर क्षेत्रबाट भएको बताउ । उनले पहिले संयुक्त जनमोर्चाकालीन समयमा पार्टी तत्कालीन नारायणपुर गाविसको वडा नं ९ (वैदी(, टीकापुरको टीकापुर र बलिया गाविसको कौवापुरमा मात्र सिमित थयिो आज कैलाली जिल्लामा मात्रै ३३ हजार नेता तथा कार्यकर्ता छन् ।
त्यसकारण माओवादी जनयद्धमा पनि सुदूरपश्चिमलाई आन्दोलित बनाएर दिशाबोध गराउने कैलाली जिल्ला नै हो । यो पहिलो र धेरै सहादत भएको जिल्ल पनि हो । तर एक समय यस्तो पनि थियो जब पार्टीका केन्द्रीय समितिका सदस्य तथा सल्लाहकारहरुले आप्mनो सम्पति पार्टीलाई हस्तान्तरण गर्नुपर्ने भनेका बेला केन्द्रीय सदस्यहरु छाड्ने पनि नेताहरु थिए । तर कतिपय नेताहरु सर्वोश्व पार्टीलाई बुझाएर घरबार बिहीन भएका थिए उनले भने । त्यसैले यो मुलुकता संघीय लोकतान्त्रिक गणतन्त्र त्यतिकै आएको होइन । जनताको बलिदानी र सहयोग धेरै छ आज हाम्रा सामु तिनै जनताका लागि काम गर्नुपर्ने अवसर र चुनौति आएको छ हामीले पुरा गर्नुपर्छ ।
एद्घाटन सत्रलाइ सम्वोधन गर्र्दै प्रेस सेन्टर नेपालका वरिष्ठ केन्द्रीय सदस्य दुर्गा प्रसाद भण्डारीले आपूm २०४७ सालमा कम्यनिष्ट पार्टी सदस्य भई २०४८ बाट संगठित भएको बताउँदै यस वीचमा धेरै पार्टीका, विभिन्न संस्था तथा भातृ संगठनका निर्वाचन, स्थानीय, प्रदेश र संघका सबै प्रकारका निर्वाचनको अनुभव गरेको बताएका थिए ।
उनले निर्वाचनताका म म भन्नेहरु जनता र पार्टीको काम गर्नुपर्ने बेला हराउने गरेको सुनाए । यतिबेला सबैको आशा र भरोसा केवल माओवादीप्रैति रहेको आउने नयाँ नेतृत्वले त्यसका लागि पछि नहटी प्रतिवद्ध भएर लाग्नुपर्ने बताए ।
यस्तै उद्घाटन सत्रमा निर्वाचन समितिका केन्द्रीय सदस्य हरि श्रीपाइलीले आपूm प्रदेशका विभिन्न ठाउँमा निर्वाचनको अवलोकन गरिरहेकोले निर्वाचन आचारसंहिताले यतिबेला धेरै बोल्न नमिल्ने बताए ।
वाइसिएलका पूर्व केन्द्रीय सदस्य तथा पार्टी नेता शिव थापाले जनताका काम प्रतिवद्धता अनुरुप गरे कुनै पार्टीले माओवादीलाई पछि पार्न नसक्ने बताए । उनले ब्यक्तिगत निहित स्वार्थमा परेमा मात्र हामी पछौं पार्टीको विचार र सिद्धान्त अनुरुप काम गरे कहिल्यै पछि पर्दैनौं । हामीले जनताका एजेण्डा बोकेर जनतामाझ गए जनताले फेरिपन माया गर्ने बताए ।
यस्तै तारा सञ्ज्याल, बालकृष्ण थारु, नवराज पौडेल, दिर्घ ठकुल्ला लगायतले शुभकामना व्यक्त गरेका थिए । अक्कल माझीले स्वागत मन्तव्य गरेको उद्घाटन कार्यक्रम पार्टी नगर अध्यक्ष खडक शाहको अध्यक्षता भएको थियो भने सञ्चालन धनसिंह साउँदले गरेका थिए ।
सम्मेलनले हरि ज्ञवाली अखण्डको नेतृत्वमा कृष्णा चौधरी, शिव थापा, तारा सञ्ज्याल, टिकाराम जैसी रहेको पाँच सदस्यीय अध्यक्ष मण्डल रहेको छ । सुमनप्रसाद न्यौपानेको संयोजकत्वमा सात सदस्यीय नगर निर्वाचन समिति रहेको छ ।
बन्द सत्रमा पार्टी नगर अध्यक्ष खडक शाहले सांगठनिक प्रतिवेदन पेश गरेका छन् । उनले आपूmले पार्टीको नगर नेतृत्व सम्हालेपछि नगरपालिका क्षेत्रमा ३ हजार ३ सय २९ जना संगठित सदस्य बनाएर कैलाली जिल्लामै पहिलो स्थानमा पुर्याएको बताए । यो संख्या सुदूरपश्चिममै पहिलो पनि हो ।
आप्mनो नेतृत्वको कार्यसमिति बिघटन गर्दै कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । बन्द सत्र आइतबार जारी हुने गरी स्थगित भएको छ । सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति र प्रदेश सम्मेलन प्रतिनिधि चयन गर्नेछ ।