![]()
धनगढी / नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभएर समितिको बैठकमा मत राख्न अनुराेध गरेका छन् ।
उपाध्यक्ष रावलले अवैध भनेको एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्दै इन्चार्ज भट्टले जवाफ फर्काएका हुन् । उनले रावललाइ फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नभएर समितिको बैठकमा मत राख्नुपर्ने बताए ।
एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए तर नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा उपाध्यक्ष रावलको अनुपस्थितिमा भइरहेको प्रदेश कमिटीको पूर्ण बैठकमा नेताहरूबीच आरोपप्रत्यारोप चलिरहेको छ ।
पूर्ण बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिति छ । रावलले बैठकका निर्णय अवैध र अमान्य हुने समेत बताएका छन् ।
