![]()
एजेन्सी । वैज्ञानिकले काठको धारिलो चक्कु तयार गरेका छन् ।
यो स्टीलको चक्कुभन्दा ३ गुना धारिलो बताइएको छ । काठलाई विशेष प्रकारले कम्प्रेस गराएर यसलाई तयार गरिएको हो । यसलाई बनाउने अमेरिकाको मेरील्याण्ड विश्वद्यिालयका अनुसन्धानकताले यसले ननभेजका जुनकुनै चीजलाई पनि नौनी जसरी काट्ने दाबी गरेका छन् ।
यसलाई तयार गर्नका लागि एउटा काठको भाग लिइयो । यसलाई विशेष प्रकारको केमिकलमा राखेर कम्प्रेस गरियो । त्यसैगरि काठमा रहेको पानीको मात्रा र ओस हटेपछि फेरि त्यसलाई चक्कुको रुप दिइयो । वैज्ञानिकहरुले यसरी तयार गरिएको काठ सामान्य काठका तुलनामा २३ गुना धेरै बलियो हुने दाबी पनि गरेका छन् । यसले पर्यावरणमा कुनै पनि प्रकारको हानी नोक्सानी गर्दैन ।
वैज्ञानिकहरुले भनेका छन्, ‘अहिले पाइने चक्कु स्टील वा सेरामिकले बनेका हुन्छन् तर काठको चक्कु पनि उत्तिकै तेज धारयुक्त हुन सक्छ ।’ यो चक्कु बजारमा कहिले आउने भन्ने बारेमा कुनै आधिकारिक धारणा भने दिइएको छैन ।
अनुसन्धानकर्ता लेंग लीले काठमा सेल्युलोज नामको तत्व पाइने भएकाले सोही कारण काठ बलियो हुने बताउँदै यसमा सेरामिक र धातुहरुको तुलनामा अधिक बलियो बनाउने सकिने बताउँछन् । जर्नल म्याटरमा प्रकाशित रिसर्चका अनुसार यो चक्कुमा तेज धार मात्र नभई धुलो नलाग्ने पनि हुन्छ ।
यसमा धुलो नटाँसिने भएकाले खानेकुरा काट्दा संक्रमणको खतरा पनि नहुने बताइएको छ । सामान्य चक्कुको जस्तै यसको धार पनि लगाउन सकिन्छ । यसलाई ननभेज खाना काट्न पनि प्रयोग गर्न सकिन्छ । प्रयोगपछि पखाल्न पनि सकिने बताइएको छ ।
