![]()
काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयन भएको छ ।
क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहको नाम यसअघि नै टुंगो लागिसकेको थियो । सोमबार भने महासचिवमा दिपेश पुनलाई महासचिवको जिम्मेवारी दिने निर्णय भएको हो ।
माओवादी स्थायी कमिटी बैठकले अनेरास्ववियू क्रान्तिकारीको नेतृत्व चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही अनुसार सिंह र पुनको नेतृत्वमा चयन भएका हुन् । पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । उनी यसअघि अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष थिए ।
यी बाहेक उपाध्यक्षमा नरेश रेग्मी, जीपी मैनालीको नाम समेत टुंगो लागेको छ ।
