![]()
काठमाडौँ । अखिल(क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष पञ्चा सिंह बनैकीछिन् । २२ औं राष्ट्रिय सम्मेलनबाट उनी केन्द्रीय अध्यक्ष बनेकी हुन् । राष्ट्रिय सम्मेलनको आज चौथो दिन वरिष्ठ उपाध्यक्ष रेहकी सिंहलाई अध्यक्ष बनाइएको छ ।
माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)को इतिहासमा उनी पहिलो महिला अध्यक्ष बनेकी हुन् ।
सिंहले २१ राष्ट्रिय सम्मेलनमा निर्वाचन हुँदा सबैभन्दा बढी मत ल्याएर लोकप्रिय बनेकी थिइन । तर, २२ औँ राष्ट्रिय सम्मेलनमा सहमतिको आधारमा नेतृत्व टुङ्ग्याइएको हो ।
तीन दिनसम्म लामो छलफल हुँदासमेत अध्यक्ष चयन गर्न नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको थियो । आज अध्यक्ष प्रचण्डले सहमतिको आधारमा सिंहलाई अध्यक्ष चयन गरेको हो ।
