![]()
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन शनिबार सामूहिक छलफलमा थुप्रै विषयहरुमाथि छलफल भएको छ ।
राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा महाधिवेशनका प्रतिनिधिहरूले आफ्ना थुप्रै धारणाहरु राखेका छन् । पार्टीले व्यक्ति नभई संस्थालाई स्थापित गर्नुपर्ने, ७० वर्षे उमेर हद हटाउने कि राख्ने, सातै प्रदेशबाट उपाध्यक्ष चयन गर्नुपर्नेलगायत विविध धारणाहरु राखेका छन् ।
यस्तै, क्रममा केन्द्रीय निकाय तथा विभागका टोली भानुभक्त ढकालले आफ्नो धारणा प्रस्तुत गरे । उनले सामूहिक छलफलमा अमेरिका सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे पार्टीको धारणा प्रष्ट पार्नुपर्ने धारणा व्यक्त गरे ।
एमसीसीको बारेमा पार्टीको एउटा धारणा आउनुपर्छ भनेर प्रतिनिधिहरूले कुरा उठाएको पनि उनले प्रष्ट रुपमा रुपमा बताए । यसैले एमसीसीबारे पार्टीको धारणा स्पष्ट रुपमा बताउन पार्टीका नेतृत्वकर्ताहरुलाई उनको सुझाव छ ।
यसैगरी, बागमती प्रदेशबाट सोही टोलीका नेता आनन्द पोखरेल लगायत थुप्रै प्रतिनिधिले एमसीसीबारे पार्टीको धारणा मागेका छन् ।
