![]()
काठमाडौं । प्रतिक्षा शुक्लाले ‘मिस नेपाल युएस २०२१’ को उपाधि हात पारेकी छन् । अमेरिकाको न्युयोर्कमा शनिबार आयोजित प्रतियोगितामा १० प्रतिस्पर्धीलाई उछिन्दै उनी विजेता बनेकी हुन् ।
‘मिस नेपाल युएस’ को १०औं संस्करणको फस्ट रनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भए । उक्त प्रतिस्पर्धामा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए । प्रतियोगिताको शीर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु पुग्न सफल भएका थिए ।
न्युयोर्कस्थित क्विन्स थेटर (नाट्यकला) मा आयोजना भएको कार्यक्रममा सहभागीको अगाडि कोभिड–१९ परीक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा न्युयोर्क सहरबाट अमित शाहले सुरु गरेका थिए । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।
