![]()
तपाईंको मास्क खोई र?’ कार्यक्रम अन्तर्गत १ हजार ६ सय ३५ जनालाई मास्क वितरण
काठमाडौं, ३ असोज / कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ३७ हजार ६ सय ३० जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ३४ जनालाई ३ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने २ सय ३६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको ३४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत १ हजार ६ सय ८९ जनालाई सचेत गराइएको छ ।
कस्तुरीको बिना जस्तो देखिने २ थान सुगन्धित डल्ला सहित २ जना पक्राउ
सुर्खेत, ३ असोज / वीरेन्द्रनगर नगरपालिका-१२ भावरटोलस्थित होटलबाट कस्तुरीको बिना जस्तो देखिने सुगन्धित चिज बस्तुको २ थान कालो डल्ला सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दैलेख महावु गाउँपालिका-६ स्थायी ठेगाना भई उक्त होटल संचालन गरी बस्ने २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दनाथ नगरपालिका-२ बस्ने ६० वर्षीय रण बहादुर बोहरा रहेका छन् ।
उक्त होटलमा कस्तुरीको बिनाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी निजहरूको शरीर एवं होटल समेत तलासी गर्दा लुकाई राखेको उक्त डल्ला फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित पक्राउ
जाजरकोट, ३ असोज / नलगाड नगरपालिका-५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित बारेकोट गाउँपालिका-५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको ।
उक्त होटलमा रेडपाण्डा जस्तो देखिने जनावरको छाला रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रित लागूऔषध सहित पक्राउ
काठमाडौं, ३ असोज / चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाईजोपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र नुफिन ८ एम्पुल सहित सिरहा लहान नगरपालिका-४ बस्ने २६ वर्षीय आनन्द प्रसाद दासलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिरहाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१-०२-००१ ख ८८६९ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तास खेलिरहेको अवस्थामा २ जना पक्राउ
सुर्खेत, ३ असोज / वीरेन्द्रनगर नगरपालिका-६ न्यूरोडस्थित पुल हाउसमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३१ वर्षीय डम्बर महतरा लगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पुल हाउसमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ७४ हजार ६ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
सर्लाही, ३ असोज / लालबन्दी नगरपालिका(१ स्थित सडकमा प्र.२-०२-००१ त १३७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-११ बस्ने २७ वर्षीय सुकेश्वर राय यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हरिवन स्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं, ३ असोज / काठमाडौं, काठमाडौं महानगरपालिका-८ पशुपति मन्दिरको दक्षिण ढोका नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० बर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-३ बस्ने २३ वर्षीय अनिष राई सोही गाउँपालिका(२ स्थित वेलारी खोलाको किनारमा मृत अवस्थामा शनिबार फेला परेका छन् ।
कैलाली, गौरीगंगा नगरपालिका-६ दैद्धारी बस्ने ३० वर्षीय बालकृष्ण चौधरी आफ्नो सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रुकुम पश्चिम, चौरजहारी नगरपालिका-३ राप्तीसागरस्थित ठुलोभेरी बगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४२ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
काठमाडौं, ३ असोज / सुनसरी, धरान उपमहानगरपालिका-३ बस्ने ३९ वर्षीय कृष्ण बहादुर कटुवालको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही उपमहानगरपालिका-१५ बस्ने राज कुमार लिम्वुको बन्दै गरेको घरमा प्लाष्टर गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, दंगीशरण गाउँपालिका-७ बुटिनिया बस्ने २२ वर्षीया प्रमिला चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा पानीको मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
पर्सा, ३ असोज / वीरगंज महानगरपालिका-१२ स्थित मुर्ली पोखरीमा डुबेर सोही महानगरपालिका-१५ ब्रहमचोक बस्ने उमेश साहको छोरा १३ वर्षीय पृतम कुमार गुप्ता र सोही ठाउँ बस्ने दिनेश साहको छोरा १७ वर्षीय आशिष कुमार साहको शनिबार दिउँसो मृत्यु भएको छ ।
उनीहरु घरबाट हराएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा दुवै जना डुबी रहेको अवस्थामा फेला पारी उपचारको लागि तराई अस्पताल वीरगंज पठाएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, ३ असोज / गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी बस्ने बिनोद पौडेल र गोबिन्द काफ्लेको एबिआई ट्रेडलिङ प्रालिमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुदाँ करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
