![]()
काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् ।
हाल उपाध्यक्ष रहेकी बराललाई शनिबार काठमाडौँमा भएको अनेरास्ववियूको केन्द्रीय सचिवालयको पूर्ण बैठकले संगठनको अध्यक्षमा चयन गरेको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना वाइबा र महासचिवमा समिक बडाल चयन भएका छन् ।
यसैगरी, नरेश रोकाया, सुदर्शन सिवाकोटी, नारायण घर्ती र गोविन्द गिरी उपमहासचिव र जेनिस लामा कोषाध्यक्षमा चयन भएका छन् ।
