Loading

तपाईंको मास्क खोईरु’ कार्यक्रम अन्तर्गत २ हजार ४ सय ७९ जनालाई मास्क वितरण
काठमाडौं, १ असोज / कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७९ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख ३४ हजार २१ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ जनालाई ६ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ सय २ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको ४४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ३ सय ३६ जनालाई सचेत गराइएको छ ।

सवारी चालक उन्नत तालिम समापन
काठमाडौं, १ असोज / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २३ औं समूहको हलुका सवारी चालक उन्नत तालिम शुक्रबार समापन भएको छ ।
तालिम समापनका अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिको लागि साना(तिना समस्याहरूको सहज निराकरण मार्फत् सृजनात्मक भूमिका निर्वाह गरी जिम्मेवारीलाई छिटो छरितो एवं प्रभावकारी कार्यान्वयन गर्न प्रशिक्षित भएका प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।
जम्मा १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान ३३ जना गरी कुल ३९ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

५ केजी अवैध लागूऔषध गाँजा सहित पक्राउ
बारा, १ असोज / निजगढ नगरपालिका(११ तामागढी सडकबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका(१६ बस्ने ३७ वर्षीय ठाडा बहादुर दर्लामी र निजगढ नगरपालिका(१२ बस्ने २४ वर्षीय बुद्धी लाल पाख्रिन रहेका छन् । प्रदेश २(०३(००४ प ४४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
साथै पक्राउ परेका २ जनालाई सोधपुछ तथा अनुसन्धान गर्दा लागूऔषध कारोबारमा अन्य ३ जनाको समेत संलग्नता रहेको खुल्न आएपश्चात उनीहरूलाई समेत नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १ असोज / बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुरठिमी नगरपालिका(९ बोडे बस्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१० घर भएका ३२ वर्षीय हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७८ असार २९ गतेको फैसलाले १० दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुरबाट फेला पारी पक्राउ गरेको हो ।
हिरालालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितहरूलाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
रौतहट, १ असोज / यमुनामाई गाउँपालिका(५ बस्ने १९ वर्षीय रुपक झालाई चोरी गरेर ल्याउँदै गरेको ना।५२ प १५९८ नम्बरको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गौर नगरपालिका(३ विपी चोकमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरी ल्याउदै गरेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
बारा, १ असोज / जितपुरसिमरा उपमहानगरपालिका(१ स्थित सडकमा ना.५६ प ७४५६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका -४ बस्ने २७ वर्षीय रञ्जन बानिँयाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाइन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
काठमाडौं, १ असोज / मोरङ, रतुवामाई नगरपालिका(८ दाम्राभिट्टा बस्ने ३८ वर्षीय रमेश निरौलाको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

मोटर चलाई मोटरसाइकल धुने क्रममा करेन्ट लागेर अशक्त भएका उनको लाईफलाईन अस्पताल दमक झापामा उपचारको क्रममा मृत्यु भएको हो । सिरहा, धनगढीमाई नगरपालिका(१ जयपुर बस्ने ३५ वर्षीया सुशिला देवी महतोको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा भाँडा मस्काउने क्रममा कल धारामा जडान भएको पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर अशक्त भएकी उनको उपचारको लागि आरके मेडिसिटी अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौं, १ असोज / नवलपरासी ९पूर्व०, हुप्सेकोट गाउँपालिका(१ बेलवा बस्ने ४८ वर्षीय पूर्ण बहादुर पुन सोही ठाउँ धारा चोकस्थित धानबारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, दुधौली नगरपालिका(११ तल्लो धनसरीस्थित कमला खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, बिर्तामोड नगरपालिका(५ स्थित कृषिथोक बजारको गेट छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।