Loading

नेपाली फूटबलको सी डिभीजन लिग छनौट खेल खेल्न  काठमाडौ गएको भजनी नगरपालिकास्थित हिमालय युवा क्लबले पहिलो खेलमै जित हात पारेको छ ।

बिहीबार काठमाडौमा भएको छनौट खेलमा भरतपुर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै हिमालय युवा क्लब भजनी विजयी भएको हो । हिमालय युवा क्लब भजनीका तर्फबाट गणेश लोहारले पहिलो हाफ मै दुई गोल गर्नुभएको थियो भने भरतपुरले ७९ औ मिनेटमा गोल फर्काएको थियो । आजको खेलमा गणेश म्यान अफ दि म्याज हुनुभएको छ ।

सी डिभिजन छनोट खेल्ने उद्देश्यले  हिमालय युवा क्लबले खेलाडीहरुलाई गाउँमै राखेर करिब दुई महिनाको प्रशिक्षाणपछि भदौ २५ गते काठमाडौ पठाएको थियो । । क्लबका अध्यक्ष सुरेश हमालले स्थानीय मैदानमा अभ्यास गरेका खेलाडीलाई एन्फाको मैदानमा खेल्न कठिन भएको तर खेलाडीहरुले राम्रो क्षमता प्रदर्शन गरेको बताउनुभयो ।
सी डिभिजनका लागि ७८ क्लवहरु प्रतिश्पर्धामा छन् । प्रति समूह तीनतीन वटाका दरले २६ पोलमा विभाजन गरिएको र हिमालय युवाक्लवले पहिलो खेल जितिसकेकाले असोज ३ गते हुने अर्को खेलमा ड्र वा बराबरी गर्नसके पोल विजेता बन्नेछ । रामसिंह रानाको कप्तानीमा गएको क्लवका कोजमा भगतसिह बुढा टीम म्यानेर अनिलसिह कठायत हुनुहुन्छ ।