Loading

काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष र सदस्यहरुले आज सपथ लिएका छन् । आज पार्टी कार्यालय पेरिसडाँडा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उनीहरुलाई सपथ गराएका हुन् ।

अघिल्लो स्थायी समिति बैठकले निर्वाचन आयोग समिति गठन गरेको थियो। पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि पार्टीले निर्वाचन आयोग गठन गरेको हो । बिष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको समिति गठन गरेको छ ।

बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम्मा आयोगलाई दिएको छ । त्यस्तै पार्टीको विधानपनि परिमार्जन गरेर पेश गर्नेगरि पारित गरेको छ ।

विद्यानमा केही थपघट र परिमार्जन भएको छ । यसमा अझ थपघट गर्नुपर्ने भए आगामी केन्द्रीय समिति वा राष्ट्रिय भेलाले अनुमोदन गर्ने गरि स्थायी समितिले पारित गरेको छ ।