Loading

बुटवल । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा बुटवल ८ रुपन्देहीका बामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन्। आइतवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका घिमिरे आयोगको उपाध्यक्षमा नियुक्त भएका हुन् ।

आयोगमा २ जना सदस्य समेत मनोनित गरिएको छ। लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले २ जना सदस्य समेत चयन गरिएको जानकारी दिए। आयोगको सदस्यमा गुल्मी मुसिकोटका दामोदर भुसाल र कृष्णनगर कपिलवस्तुका शिव पुजन यादव नियुक्त भएका हुन् ।

यस्तै, बैठकले ३ सदस्यीय प्रदेश पदक सिफारिस समिति समेत गठन गरेको छ । जसको सदस्यमा कपिलवस्तुका बर्मानन्द उपाध्याय, रुकुमकी दिल कुमारी रोका र पाल्पाका यज्ञ पोखरेल रहेका छन् । बैठकले लुम्बिनी प्रदेशमा कर्मचारीको व्यवस्थापन २ चरणमा गर्ने भएको छ । आजको बैठकले भदौ मसान्त र असोज १५ गरी २ चरणमा गर्न लागेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए ।