Loading

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता  पाएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् ।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्‍याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेको हो । त्यस्तै, जसपाको आधिकारिकता गुमाएपछि महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यलाई लिएर लोसपा गठन गरेको छ ।
नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य सङ्ख्याको २७ प्रतिशत हो । माधव नेपाल पक्षले केन्द्रीय कमिटीमा अध्यादेशले व्यवस्था अनुसारको संख्या जुटाएको छ । तर, एक सांसद अपुग हुँदा संघीय संसदमा २० प्रतिशत पुर्याउन सकेन । एमालेको १५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र सनाखत गरे । त्यो भनेको खुल संख्याको १९.४८ प्रतिशत हुन आउछ ।
यद्यपि माधव नेपाललाई साथ दिने संघीय सांसदको संख्या ३३ पुगे पनि तीन जनाले सनाखत गर्न नपाउँदा संसदीय दलमा २० प्रतिशत नपुगेको हो । तीन जनाले सनाखत गर्न पाएको अवस्थामा संसदीय दलमा पनि २१ प्रतिशत हुने थियो ।
यस्तै जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी लोसपा दर्ताका लागि नेताहरुले दिएको निवेदनमा पनि निर्वाचन आयोगले बुधबार नै सांसद र केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो ।   नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो ।

राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्या ४० प्रतिशत हुन आउछ । निर्वाचन आयोगले नयाँ गठन हुने लागेका दुवै दलका सांसद र केन्द्रीय सदस्यहरूलाई सनाखतका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको थियो ।

निर्धारित समयमा दुवै दलका केन्द्रीय सदस्य र संघीय सांसदको सनाखत गरेका थिए । त्यसपछि बसेको आयोगका पदाधिकारी बैठकले एकीकृत समाजवादी र लोसपालाई दलको मान्यता दिने निर्णय गरेको हो ।

योसँगै नेपालमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको संख्या ६ पुगेको छ । एमाले माओवादी र समाजवादी राजपाबीच एकता भएपछि राष्ट्रिय मान्यता प्राप्त दलको संख्या तीनमा झरेको थियो । तर, एमाले माओवादीको एकता खारेजी, एमाले र जसपा विभाजन भएपछि राष्ट्रिय मान्यता प्राप्त दलको संख्या ६ पुगेको हो । जसमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपा रहेका छन् ।

विद्रोहमा सामेल हुने सबैलाई माधव नेपालले दिए धन्यवाद

नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टी दर्ता हुन नदिन अनेकौं प्रलोभन, दबाब, डर र त्रासको प्रयोग गरिएको बताएको छ । तर, त्यसका बाबजुद एमालेका ५९ जना केन्द्रीय सदस्य र ३४ जना सांसद निर्वाचन आयोगमा सशरीर उपस्थित भएको उसले जनाएको छ ।

बुधबार साँझ सो पार्टीको आधिकारिक फेसबुक पेजमा जारी सन्देशमा भनिएको छ– ‘कम्युनिस्ट आन्दोलनलाई बद्नाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी) गठन गर्न हामीले २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएका थियौं ।’

उक्त सन्देशमा आज (बुधबार) संघीय संसदका ३४ जना संघीय सांसद र नेकपा (एमाले)को केन्द्रीय कमिटीका ५९ जना सदस्यहरू निर्वाचन आयोगमा सशरीर उपस्थित भएका जनाइएको छ ।

‘अनेकौं प्रलोभन, दबाब, डर र त्रासका बाबजुद शतिसाल जस्तै उभिँदै बिद्रोहमा सामेल हुनुहुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, संघीय संसदका सदस्यहरु लगायत सम्पूर्ण समर्थक, शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं,’ नेकपा एकीकृत समाजवादीको फेसबूक सन्देशमा भनिएको छ।

सन्देशमा कम्युनिस्ट आन्दोलनलाई ‘पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा’ सहभागी हुन सबैमा अपिल गरिएको छ । ‘अब यो विद्रोहलाई सिर्जनामा परिवर्तन गरी नेपाली जनताको आकांक्षाअनुसार नेपाली कम्युनिस्ट आन्दोलन रक्षा र विकास गर्दै देश र जनताको स्वाभिमानलाई उचो राख्न एवम् मुलुक र जनताको समृद्धीको आकांक्षा पूरा गर्न कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने यस ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक अपिल गर्दछौं,’ सन्देशमा भनिएको छ ।

एकीकृत समावादी दर्ताका लागि हस्ताक्षर गर्ने ‘एमाले’ सांसद्हरु

नेकपा एमालेबाट विभाजन भएर पार्टी अलग बनाउने पक्षमा एमालेका ३० जना सांसद् र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

बुधबार निर्वाचन आयोगमा सनाखतका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका २० सांसद् र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका हुन् । २९ जना सांसद्ले सनाखत गरेको सूची आयोगमा टाँसिएको छ । झलनाथ खनालले भारतको दिल्लीबाटै सनाखत गरेको जनाइएको छ ।

एमालेका कुल सांसद्को २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
कल्याणीकुमारी खड्का
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
निरुदेवी जैरु
प्रेमबहादुर आले
मेटमणी चौधरी
सरला यादव
भवानी खापुङ
पुष्पकुमारी कर्ण कायस्थ
समिन हुसेन
कृष्णलाल महर्जन
कृष्णकुमार श्रेष्ठ
कलिला खातुन
हिराचन्द्र केसी
धनबहादुर बुढा
गोपालबहादुर बम
पार्वतीकुमारी विशुंखे
लक्ष्मी चौधरी
बिना बुढाथोकी
बेदुराम भुसाल
शेरबहादुर कुँवर
ठगेन्द्रप्रसाद पुरी
उदया शर्मा (पौड्याल)
सिंहबहादुर विश्वकर्मा
नन्दा चपाईं
शान्तिकुमारी अधिकारी जिसी
झलनाथ खनाल (भारतबाट सनाखत)

माधव नेपाल समूहको एमाले अध्यक्ष केपी ओलीको विभिन्न अवरोधका बावजुत पनि उक्त प्रावधान भन्दा निकै बढी सदस्यले हस्ताक्षर गरेका छन् । केपी ओली र उनका समूह माधव नेपाललाई २० प्रतिशत पनि पुग्न नदिन ज्यान फालेर लागेका थिए ।

एकीकृत समावादी दर्ताका लागि हस्ताक्षर गर्ने एमाले केन्द्रीय सदस्यहरु

१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. प्रदीप नेपाल
४. बेदुराम भुसाल
५. प्रमेशकुमार हमाल
६. राजेन्द्रप्रसाद पाण्डे
७. डा.विजयकुमार पौडेल
८. गंगालाल तुलाधर
९. प्रकश ज्वाला
१०. नागेन्द्रप्रसाद चौधरी
११. जयन्ती राई
१२. तुलबहादुर गुरुङ
१३. जगन्नाथ खतिवडा
१४. प्रतापलाल श्रेष्ठ
१५. जीवनराम श्रेष्ठ
१६. रामचन्द्र यादव
१७. धर्मनाथप्रसाद साह
१८. यदुवंश झा
१९. रत्नेश्वर गोइत यादव
२०. श्रीप्रसाद साह
२१. रविन्द्र वैठा धोबी
२२. लक्ष्मढा पौडेल
२३. मदनकुमारी शाह ९गरिमा०
२४. देवशंकर पौडेल
२५. विरोध खतिवडा
२६. मेटमणी चौधरी
२७. विश्वनाथ प्याकुरेल
२८. प्रेमलकुमार खनाल
२९. विजय गुरुङ
३०. सवित्रा भुसाल
३१. रामकुमारी झाँक्री
३२. गौरा प्रसाईं कोइराला
३३. रामकुमार ज्ञवाली
३४. खगेन्द्र चुडाल
३५. सरला कुमारी यादव
३६. सुधिरप्रसाद साह
३७. कल्याणी कुमारी खड्का
३८. शत्रुधन महतो
३९. रामचन्द्र साह
४०. दिनेशकुमार राई
४१. हंशबहादुर शाही
४२. शेरबहादुर केसी
४३. निरादेवी जैरु
४४. प्रेमबहादुर आले
४५. भागवत नेपाली
४६. चुडामणी विक जंगली
४७. धनेन्द्र बस्नेत
४८. राजेन्द्रकुमार राई
४९. बलदेव चौधरी
५०. डा.देउमान साम्बाहाम्फे
५१. भाष्कर काफ्ले
५२. कृष्णप्रसाद खनाल
५३. महम्मद महफुज अन्सारी
५४. हरिप्रसाद पराजुली
५५. केदार न्यौपाने