![]()
दाङ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
बुधबार सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्वान गर्नुुभएको हो । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अर्को सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुुभएको हो ।
प्रदेश प्रमुख शेरचनने संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि साउन २८ गते बिहीबार अपरान्ह ३ बजेभित्र दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गर्नु भएको हो ।
मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा ९१० को खण्ड ९क० बमोजिम मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको थियोे ।
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले आज संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिक दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्तिमार्फत मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएको र अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्यभार बहन गर्ने जनाएको छ ।
गत १९ वैशाखमा संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले आज पदबाट राजीनामा दिएका हुन् ।
मुख्य न्यायाधिवक्ता डिसीले पनि दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आज राजीनामा दिएका छन् ।
डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्य न्याधिवक्ता डिसीले पनि राजीनामा दिएका हुन् ।
संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
रेलवेका महाप्रबन्धक भट्टराईले दिए राजीनामा
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि सरकारी पक्षबाटै असान्दर्भिक टीका–टिप्पणी, आरोप लगाउने कार्य भएको भन्दै उनले राजीनामा दिएको जनाएका हुन् ।
पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीमाथि निगरानी राखेको थियो । आफूमाथि अनावश्यक आरोप लगाएको र स्पष्टीकरण माग गरेपछि राजीनामा दिएको बताएका छन् । आचरणविपरीतको गतिविधि गरेको भन्दै उनलाई मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
भट्टराईले आइतबार पत्रकार सम्मेलन गरी आफ्ना अभिव्यक्तिसमेत राखेका थिए ।
