![]()
काठमाडौं । गीतकार मणिराज बस्नेतले नयाँ गीत ‘गुलेली मट्यांग्रा’ बोलको ल्याएका छन् । गीतमा गायक रामकुमार नेपाली र गायिका अञ्जु पन्तको आवाज रहेको छ ।
गायक रामकुमारले संगीत भरेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । सार्वजनिक गीतको भिडियो निर्देशन निकेश खड्काले निर्देशन गरेका हुन् । मेनुका बस्नेतले निर्माण गरेको भिडियोमा रियासा दाहाल र पुष्प खड्काको अभिनय छ ।
मणिराज नेपाली सांगीतिक क्षेत्रमा निकै सक्रिय छन् । उनले यसअघि ‘हारे आज’, ‘माया पिरती’ लगायतका गीत ल्याइसकेका छन् । उनले सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिव परियार, हेमन्त शर्मा लगायतका गायक गायिकासँग काम गरिसकेका छन् ।
उनले यसपटक गायिका अञ्जु र रामकुमार नेपालीसँग काम गरेको सुनाए । ‘स्याड सङ्’ मा चिनिएका बस्नेत यसै गीतमार्फत् पहिलो पटक रोमान्टिक गीत लेखनमा दर्ज भएका छन् ।
