![]()
नेकपा माअेवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दार्चुलाको घटनाप्रति आप्mनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश सचिव नेपबहादुर चौधरीले जारी गरिएको उक्त बिज्ञप्तिमा भनिएको छ कि ‘मिति २०७८ साउन १५ गतेका दिन दार्चुला जिल्लाको व्यास गाउँपालिकामा घटेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । तुईनबाट महाकाली नदी तर्ने क्रममा भारतीय पक्षबाट तुईन काट्दा नदीमा खसेर नेपाली नागरिक जय सिंह धामी वेपत्ता भएका छन् । उक्त अमानवीय कार्यको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । एक राष्ट्रले अर्को राष्ट्रप्रति गर्नुपर्ने असल छिमेकीको व्यवहार अपनाउन माग गर्दछ ।’
बिज्ञप्तिमा अगाडि उल्लेख गरिएको छ ‘उक्त घटनाको सत्य–तथ्य छानविन गरी यथार्थता सार्वजनिक गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ । बेपत्ता जय सिंह धामीको स्थिति सार्वजनिक गर्दै पिडीत पक्षलाई उचित क्षतिपुर्ति सहित दोषीमाथि कडा कार्वाहीको निम्ति हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

