Loading

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् ।

संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताए । ‘तीन-तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ उनले भने ।

गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको आरोप उनले आरोप लगाएका छन् ।

ज्ञवालीले संविधानको अपव्याख्या गरेर जस्केलाबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई कसरी समर्थन गर्ने भनी प्रश्न समेत गरेका छन् । ‘जस्केलाबाट छिरेका प्रधानमन्त्रीलाई समर्थन कसरी गर्ने होला ?’ उनले भने ।