![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न सफल भएका छन् । प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावमा एक सय ६५ मत परेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले मतदानमा सहभागी दुई सय ४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा एक सय ६५ मत, विपक्षमा ८३ मत र तटस्थ १ परेको घोषणा गरे । उनले उक्त मत हाल कायम रहेको प्रतिनिधिसभा सदस्य संख्याको बहुमत भएकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
देउवालाई गठबन्धन र जसपाको महन्थ ठाकुर पक्षाका सदस्यहरुले पनि विश्वासको मत दिएका छन् । हाल प्रतिनिधिसभामा दुई सय ७१ सदस्य रहेकोले विश्वासको मतका लागि कम्तीमा एक सय ३६ सांसदको समर्थन आवश्यक थियो ।
संविधानको धारा ७६(५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । देउवाले नियुक्तिको शपथग्रहणको छैटौँ दिनमा विश्वासको मत लिएका हुन् ।
उनलाई विश्वासको मत प्राप्त नभएको भए प्रतिनिधिसभा विघटन भई ६ महिनाभित्र निर्वाचन हुनुपर्ने थियो ।
ओली पक्षका ८ सांसदले गरे फ्लोर क्रस, एमालेका २२ सांसदकोे देउवालाई मत
नेकपा एमालेको संस्थापन समूहका ८ जना सांसदले नेता माधव नेपालसँगै फ्लोर क्रस गरेका छन् । केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आले, तनहुँ १ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन् ।
संस्थापनमै रहेका हिराचन्द्र केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेनले शेरबहादुर देउवालाई मत दिएका छन् । एमालेका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका छन् ।
प्रतिनिधि सभामा नेकपा एमालेका कुल १२१ सांसद रहेका छन् । तीमध्ये ३३ सांसद अध्यक्ष ओलीको विपक्षमा उभिएका छन् । देउवाको पक्षमा भोट हाल्ने माधव समुहका १६, ओली समुहका ८, तटस्थ ८ र झलनाथ खनालसमेत जोड्दा ३३ पुग्छ ।
एमाले सांसद को कता ?
देउवाको पक्षमा मतदान गर्ने ओलीका सांसद : प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी
तटस्थ बसेका माधव नेपालका सांसद : घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डे ।
देउवालाई मतदान गर्ने माधव पक्षका सांसद : माधव नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, माधव नेपाल, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपाने ।
देउवालाई मत दिने एमाले सांसद–
माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी
निरादेवी जैरु
रामकुमारी झाँक्री
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन
