![]()
काठमाडौं । अभिनेत्री अदिती बुढाथोकीले भारतको मुम्बई पुगेर कोरोना विरुद्धको खोप लगाएकी छन् । उनले मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पताल पुगेर कोभिसिल्ड खोप लगाएकी हुन् ।
आफूले कोभिसिल्डको पहिलो डोज खोप लगाएको उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक जानकारी दिएकी छन् । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘बाबरी’को छायांँकनका लागि नेपाल आएकी उनी केही दिन अगाडि मुम्बई फर्किएकी हुन् ।
निषेधाज्ञा अगाडि पूर्वका विभिन्न जिल्लामा १० दिन ‘बाबरी’ फिल्म छायाँकन गरेकी बुढाथोकी निषेधाज्ञाको कारण नेपालमै रहेकी थिइन् । निषेधाज्ञा केही सहज भएपछि उनी मुम्बई फर्किएकी हुन् । फिल्म ‘क्रृ’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी अदिती मुम्बईमा रहेर मोडलिङ र अभिनय अगाडि बढाइरहेकी छन् ।
