![]()
काठमाडौं । प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले दिएको रिट निवेदनको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ ।
प्रतिनिधिसभा विघटन बदर गरी संविधानको धारा ७६ को ५ अनुसार नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले आदेश गरेको हो ।
सर्वोच्च अदालतले रिट निवेदकको माग बमोजिमका सबै आदेश जारी गरेको छ ।
