![]()
बुटवल/लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते बस्ने भएको छ । प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले प्रदेश प्रमुखको कार्यालयबाट आज आएको पत्रमा वैशाख १९ गतेको लागि बैठक आह्वन गर्नको लागि उल्लेख भएको रातोपाटीलाई बताए ।
उनले भने, ‘आज पत्र आएको छ । हामीले मैखिक रुपमा दलको सचिवालयमा जनाकारी गराएका छौँ । आज सभामुख नआएकोले तोक लगाएर भोलि औपचारीक रुपमा सूचना प्रकाशित गर्ने छौ,
माओवादी र नेपाली काँग्रेससहितका दलहरुले बैशाख ६ गते प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै विशेष अधिवेशनको माग पनि गरेका थिए । उनीहरुकै माग अनुसार प्रदेश प्रमुखको कार्यालयले वैशाख १९ गते आइतबार दिउसको १ बजे बैठक बस्ने गरी सूचना प्रकाशित हुने प्रदेश सभाका पत्र पठाएको हो ।
अविश्वासको प्रस्ताव दर्ता भएकै दिन समाजवादी पार्टीका ४ सांसद मन्त्री बनेका छन्। लुम्बिनी प्रदेश एमालेको नेतृत्व सरकार रहेको छ ।
