![]()
नेपाल क्रिकेट संघ (क्यान)ले घाइते पारस खड्काको स्थानमा युवा अलराउन्डर सन्दीप जोरालाई राष्ट्रिय टिममा बोलाएको छ। कुमको चोटका कारण पूर्वकप्तान तथा अलराउन्डर पारस राष्ट्रिय टिमबाट बाहिरिएपछि क्यानले सन्दीप जोरालाई मौका दिएको हो।
गत आइतबार अभ्यासका क्रममा कुम चोट बोकेपछि पारस शनिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजबाट बाहिरिएका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले फेसबुकमार्फ घाइते पारसको स्थानमा युवा खेलाडी सन्दीप जोरालाई टिममा राखिएको जनाएको छ।
अभ्यासमा फिल्डिङ गर्ने क्रममा घाइते भएका पारसले चिकित्सकहरुले ४ साता आराम गर्न सुझाव दिएका छन्।
नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिज वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ। प्रतियोगिताका सबै खेल दिउँसो १ः१५बाट सुरु हुनेछ।
टियू मैदानमा हुने सिरिजको उद्घाटन खेलमा वैशाख ४ गते नेपाल र नेदरल्यान्ड्स भिड्न् छन् । यस्तै, नेपालले दोस्रो खेलमा वैशाख ६ गते मलेसियासँग खेल्ने छ भने तेस्रो खेल खेल नेदरल्यान्ड्ससँग वैशाख ७ गते खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेल मलेसियासँग वैशाख ९ गते खेल्ने छ।
यस्तो छ नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तानी), सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, आरिफ सेख, सुशल भारी, करण केसी, विनोद भण्डारी, आसिफ शेख र साहब आलम, कुशल भुर्तेल, अभिनाश बोहरा र कलमसिंह ऐरी ।
